काठमाडौं। मी वाच कलर स्पोर्ट्स एडिसन चीनमा सार्वजनिक भएको छ। यो शाओमीको मी वाच कलर सिरिजको लेटेस्ट स्मार्टवाच हो। यसमा १.३९ इञ्चको एमोलेड डिस्प्लेसहित गोलाकार डायल राखिएको छ।
मी वाच कलर स्पोर्ट्स एडिसनको मूल्य ६९९ युवान् (लगभग १२ हजार ३०० नेपाली रूपैयाँ ) राखिएको छ। र, यो स्मार्टवाच ब्ल्याक, स्पेस ब्लू र आइभरी कलर भेरियन्टमा उपलब्ध छ। अहिले भारत वा नेपालमा कहिले यो वाच भित्रिन्छ भन्ने निश्चित भइसकेको छैन।
मी वाच कलर स्पोर्ट्स एडिसनको स्पेसिफिकेसन्स र फिचर्स
यसमा ४५४x४५४ पिक्सेल रिजोलुसनको साथमा १.३९ इञ्च एमोलेड डिस्प्ले दिइएको छ। साथै यसमा अल्वेज-अन डिस्प्लेको अप्सन पनि पाइनेछ। यसमा १२० वाच फेसेस दिइएको छ। यसमा ४२० एमएएच ब्याट्री दिइएको छ। र, कम्पनीले बताएअनुसार ब्याट्री सेभर मोडमा यो २२ दिन सम्म चल्छ।
कनेक्टिभिटीको सन्दर्भमा यसमा जिपिएस, ग्लोनास, एनएफसी र ब्लुटुथ सपोर्ट दिइएको छ। यो वाचले अटोमेटिक एक्टिभिटीको पनि पहिचान गेर ट्रयाकिङ पनि सुरु गर्न सक्छ। स्पोर्ट्स वाच भएकाले यसमा ११७ स्पोर्ट्स मोड्स दिइएको छ।
साथै यसमा ब्लड अक्सिजन सेन्सर, २४X७ हार्ट रेट मोनिटरिङ, पिपिजी सेन्सर, स्ट्रेस मोनिटरिङ, स्लिप मोनिटरिङ र ब्रिदिङ ट्रेनिङ लगायतका फिचर्स दिइएको छ।
शाओमीको यो नयाँ वाचमा ५एटिएम वाटर रेसिस्टेंन्स दिइएको छ। यो एन्ड्रोइड ४.४ वा आइओएस १०.० भन्दा माथिको भर्सनमा चल्ने छ। साथै यसमा केही सामान्य फिचर्स- नोटिफिकेसन, अलार्म, रिमाइनर्स र कन्ट्रोल योर म्युजिक अप्सन पनि दिइएको छ।
" /> काठमाडौं। मी वाच कलर स्पोर्ट्स एडिसन चीनमा सार्वजनिक भएको छ। यो शाओमीको मी वाच कलर सिरिजको लेटेस्ट स्मार्टवाच हो। यसमा १.३९ इञ्चको एमोलेड डिस्प्लेसहित गोलाकार डायल राखिएको छ।मी वाच कलर स्पोर्ट्स एडिसनको मूल्य ६९९ युवान् (लगभग १२ हजार ३०० नेपाली रूपैयाँ ) राखिएको छ। र, यो स्मार्टवाच ब्ल्याक, स्पेस ब्लू र आइभरी कलर भेरियन्टमा उपलब्ध छ। अहिले भारत वा नेपालमा कहिले यो वाच भित्रिन्छ भन्ने निश्चित भइसकेको छैन।

">