काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा (साउन–भदौ)मा एक खर्ब ६५ अर्ब ७३ करोड रूपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको उल्लेख छ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घटेको थियो।
चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड रूपैयाँ भित्रिएको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो।
केन्द्रीय बैंकको तथ्यांकअनुसार, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो।
नेपालीहरूको प्रमुख वैदेशिक श्रम गन्तव्य मुलुकहरू कोरोना महामारीको प्रभावका परेको कारण वैदेशिक रोजगारी प्रभावित हुँदै आएको छ।
" /> काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा (साउन–भदौ)मा एक खर्ब ६५ अर्ब ७३ करोड रूपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ।नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको उल्लेख छ।

">