काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि दोहोरो अंकले बढेको छ। सोमबारदेखि लगातार दोहोरो अंकले सुधारिँदै आएको नेप्से आज १३ अंकले बढेको हो।
सोमबार १३ र मंगलबार १२ अंकले उकालो लागेको नेप्से आज पनि १३ अंकले बढेपछि परिसूचक एक हजार ६०० अंक नजिक पुगेर रोकिएको छ।
यस क्रममा आज एक अर्ब ६३ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ भने ५५ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्।
बजारमा उत्साहजनक सुधार आए पनि कारोबार भएकामध्ये चार समूहमा गिरावट आएको छ।
आज होटल १५, जलविद्युत १४, वित्त ०.६, उत्पादनमूलक ६ अंकले घटेका हुन्।
ती बाहेक बैंक, व्यापार, विकास बैंक, निर्जीवन बीमा कम्पनी, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ।
" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि दोहोरो अंकले बढेको छ। सोमबारदेखि लगातार दोहोरो अंकले सुधारिँदै आएको नेप्से आज १३ अंकले बढेको हो।सोमबार १३ र मंगलबार १२ अंकले उकालो लागेको नेप्से आज पनि १३ अंकले बढेपछि परिसूचक एक हजार ६०० अंक नजिक पुगेर रोकिएको छ।

">