काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउने २० हजार मेट्रिक टन चिनी आजै काठमाडौं आइपुग्ने भएको छ। कम्पनीका प्रवक्ता कुमार राजभण्डारीका अनुसार कर्पोरेसनले ल्याउन लागेको चिनी आजै उपत्यका आइपुग्ने भएको हो।
“हिजो दिउँसो १ बजे विरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको चिनी हिजै बेलुका हिँडिसक्यो”, उनले भने, “आज बेलुकासम्म काठमाडौं आइपुग्छ।”
कम्पनीले दशैंका लागि सुपथ मूल्यमै चिनी बिक्री गर्दै आएको छ। कर्पोरेशनले प्रतिकिलो ७० रुपैयाँमा चिनी बेच्दै आएको छ। बजारमा चिनीको अभाव भएपछि मन्त्रीपरिषद्को बैठकले ३० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको थियो।
जसमध्ये १० हजार मेट्रिक टन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउँदै छ।
" /> काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउने २० हजार मेट्रिक टन चिनी आजै काठमाडौं आइपुग्ने भएको छ। कम्पनीका प्रवक्ता कुमार राजभण्डारीका अनुसार कर्पोरेसनले ल्याउन लागेको चिनी आजै उपत्यका आइपुग्ने भएको हो।“हिजो दिउँसो १ बजे विरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको चिनी हिजै बेलुका हिँडिसक्यो”, उनले भने, “आज बेलुकासम्म काठमाडौं आइपुग्छ।”

">