विश्व बैंक समूहको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकृत
<p>काठमाडौं। सरकारले विश्व बैंक समूहबाट प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करिब २४ अर्ब रूपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। </p>
<p>गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिए।</p>
<p>विश्व बैंक समूहबाट बजेटरी सहायताको रूपमा उक्त सहुलियतपूर्ण ऋण प्राप्त हुने उनले बताए।<br />
</p>
प्रतिक्रिया दिनुहोस्