काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार ८.५४ अंकको सुधार आएको छ। कारोबार खुलेको समयदेखि ओरालो लाग्न थाले पनि १२ बजेदेखि उकालो लाग्दै बन्द हुँदासम्म सुधारिएको हो।
लगातार चौथो दिन बढेको सेयर बजार परिसूचक एक हजार ६०६ अंकमा पुगेर बन्द भएको छ। यद्यपि, अघिल्ला तीन दिन दोहोरो अंकको सुधार आए पनि आज भने एकल अंकले बढेको हो।
यस क्रममा आज सेयर बजारमा एक अर्ब ९९ करोड रूपैयाँ बराबरको ६४ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।
आज परिसूचक बढेको दिन चार समूहमा भने गिरावट आएको छ। आज होटल १४.०४, जलविद्युत् ६.४३, जीवन बीमा १०.१ र म्युचुअल फण्ड ०.०६ अंकले घटेको छ।
त्यसबाहेक अन्य आठ समूहमा सुधार आउँदा उत्पादनमूलक समूह सबैभन्दा बढी २९ अंकले बढेको छ।
" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार ८.५४ अंकको सुधार आएको छ। कारोबार खुलेको समयदेखि ओरालो लाग्न थाले पनि १२ बजेदेखि उकालो लाग्दै बन्द हुँदासम्म सुधारिएको हो।लगातार चौथो दिन बढेको सेयर बजार परिसूचक एक हजार ६०६ अंकमा पुगेर बन्द भएको छ। यद्यपि, अघिल्ला तीन दिन दोहोरो अंकको सुधार आए पनि आज भने एकल अंकले बढेको हो।

">