काठमाडौँ। अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेटले दसैको उपलक्ष्यमा हवाइ टिकट खरीद गर्ने ग्राहकमध्येबाट दुई भाग्यशाली विजेतालाई माउन्ट एभरेस्टमा ब्रेकफास्टको अफर ल्याएको छ।
यस अफरमा भाग लिनका लागि प्लेनको टिकट खरीद गर्दा एक सय रूपैयाँभन्दा बढी भुक्तानी गरेको हुनुपर्नेछ। यसरी भुक्तानी गर्नेमध्ये १–१ जना गरी दुई भाग्यशाली विजेता छानिनेछ। जतिपटक भुक्तानी गरिन्छ, त्यति बढी सम्भावना रहने बताइएको छ।
दुई भाग्यशाली विजेताले आफू र अर्का एक जोडीदारलाई सगरमाथामा ब्रेकफास्ट गर्ने अवसर पाउनेछन्। यस प्याकेजमा लुक्ला जान र आउने दुईतर्फी प्लेनको टिकट, ट्रेकबारे जानकारी, लुक्लाबाट नाम्चे बजारको ट्रेक, बस्ने व्यवस्था र ब्रेकफास्टको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यो अफरमा नेपालमा बस्ने १८ वर्ष वा सोभन्दा माथि उमेर भएकाहरू सहभागी हुन पाउनेछन्। यस अफरमा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ। अफरमा सहभागी हुन मंसिर ५ गते राति १२ बजेभित्रमा टिकट किन्नुपर्ने खल्तीले जनाएको छ। विजेताको घोषणा ७ दिनपछि खल्तीको औपचारिक फेसबुक पेजमा लाइभमार्फत् गरिने जनाइएको छ।
" /> काठमाडौँ। अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेटले दसैको उपलक्ष्यमा हवाइ टिकट खरीद गर्ने ग्राहकमध्येबाट दुई भाग्यशाली विजेतालाई माउन्ट एभरेस्टमा ब्रेकफास्टको अफर ल्याएको छ।यस अफरमा भाग लिनका लागि प्लेनको टिकट खरीद गर्दा एक सय रूपैयाँभन्दा बढी भुक्तानी गरेको हुनुपर्नेछ। यसरी भुक्तानी गर्नेमध्ये १–१ जना गरी दुई भाग्यशाली विजेता छानिनेछ। जतिपटक भुक्तानी गरिन्छ, त्यति बढी सम्भावना रहने बताइएको छ।

">