काठमाडौं। एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा कुराकानी गर्न पाउने भएको छ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’थिमअन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’अफरमा बुधबारबाट (कात्तिक ५ गते) आकर्षक सुविधा थपेको छ। जस अन्तर्गत भ्वाइस प्याक सुचारू गर्ने ग्राहकले अन्य नेटवर्कमा करसहित १.२८ रूपैयाँमा कुरा गर्न सक्ने छन्। अन्य अवस्थामा एनसेल नेटवर्कबाहिरको नेटवर्कमा कल गर्दा २.५४ रूपैयाँ प्रतिमिनेट शुल्क लाग्दछ।
यसका साथै एनसेलले यही योजनाअन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्कभित्रको कल शुल्क पनि घटाएको छ। इन्डलेस कुराकानी प्लसअन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भइसकेको अवस्थामा मात्र ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ। यसअघि एनसेल नेटवर्कभित्र कल गर्दा २.५४ रूपैयाँ प्रतिमिनेट शुल्क लाग्दछ।
इन्डलेस कुराकानी प्लसअन्तर्गत प्रिपेड ग्राहकले सात दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारू गर्न सक्छन् । सात दिन समयसीमा रहेको प्याकमा ग्राहकले ९५.७७ रूपैयाँमा ७०० मिनेट ‘अन नेट टक टाइम’ (सात दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम) प्राप्त गर्दछन्।
त्यसैगरी गाहकले १९१.५४ रूपैयाँमा १५ दिने प्याक सुचारू गरी प्रत्येक दिन १२५ मिनेट र ३८१.७९ रुपैयाँमा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट ‘अन नेट टक टाइम’को फाइदा लिन सक्छन्।
" /> काठमाडौं। एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्कभित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा कुराकानी गर्न पाउने भएको छ।एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’थिमअन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’अफरमा बुधबारबाट (कात्तिक ५ गते) आकर्षक सुविधा थपेको छ। जस अन्तर्गत भ्वाइस प्याक सुचारू गर्ने ग्राहकले अन्य नेटवर्कमा करसहित १.२८ रूपैयाँमा कुरा गर्न सक्ने छन्। अन्य अवस्थामा एनसेल नेटवर्कबाहिरको नेटवर्कमा कल गर्दा २.५४ रूपैयाँ प्रतिमिनेट शुल्क लाग्दछ।

">