काठमाडौं। सानिमा बैंक लिमिटेडले १६ औं वार्षिक साधारण सभा कात्तिक २८ गते बोलाएको छ। कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र सेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोले भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको जनाएको छ।
बैंकले आम्रपाली ब्यांकेट बालुवाटारमा बिहान ११ बजे सेयरधनीहरुलाई साधारण सभामा बोलाएको हो। बैंकले साधारण सभा प्रयोजनाको लागि कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउँछन्। उनीहरू लाभांशको हकदार पनि हुन्छन्।
साधारण सभाबाट बैंकको १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार बराबरको बोनस सेयर र कर सहित ३.६० प्रतिशतले हुने ३१ करोड ६८ लाख ४९ हजार ७१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी छ।
त्यसैगरी, साधारण सभाले मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची पनि तयारी गरेको छ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ।
" /> काठमाडौं। सानिमा बैंक लिमिटेडले १६ औं वार्षिक साधारण सभा कात्तिक २८ गते बोलाएको छ। कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र सेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोले भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको जनाएको छ।बैंकले आम्रपाली ब्यांकेट बालुवाटारमा बिहान ११ बजे सेयरधनीहरुलाई साधारण सभामा बोलाएको हो। बैंकले साधारण सभा प्रयोजनाको लागि कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउँछन्। उनीहरू लाभांशको हकदार पनि हुन्छन्।

">