दमौली। आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् ।
महामारीले थला पारेको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन्।
चाडपर्वलाई लक्षित गरी सबै होटल तथा रेष्टुरेण्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले बताए।
“स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर होटल रेष्टुरेण्ट खुलेका छन्। पर्यटकलाई सुरक्षित रूपमा स्वागत तथा बिदाईको अभियान चलाएका छौं”, प्रधानले भने, “छुटको प्याकेजले आन्तरिक पर्यटक आकर्षित हुनेमा हामी विश्वस्त छौ ।”
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले पर्यटकको चहलपहल नहुँदा बन्दीपुर ठप्पप्राय भएको अवस्थामा छुट प्याकेजले केही राहत दिने बताए।
होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङ विदेशी पर्यटकले लामो समय बन्दाबन्दी भएपछि पहिल्यै बुकिङ रद्द गरिसकेको र आफूहरुलाई आन्तरिक पर्यटककै आश रहेको बताउँछन्।
बन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना-ठूला गरी ७७ होटल सञ्चालनमा छन्। रासस
" /> दमौली। आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन् ।महामारीले थला पारेको पर्यटन व्यवसाय उकास्नका लागि यहाँका व्यवसायीले होटलमा छुट प्याकेज घोषणा गरेका हुन्।

">