झापा। ‘टर्निङप्वाइन्ट’ अर्थात् फलदायी समय। यो कुन बेला आउँछ त ? यकिन गर्न सकिँदैन।
तर, भनिन्छ थाहै नपार्ई आउने यही ‘टर्निङप्वाइन्ट’ले जीवनको नयाँ रेखा कोरिदिन्छ।
ठिक यस्तै भयो झापाका गोकुल पौडेल, रोशन भट्टराई र मनोज प्रसाईको जीवनमा।
उनीहरूको व्यावसायिक जीवनको कोशेढुंगा बन्यो दुई वर्षअघिको एउटा भ्रमण।
२०७५ मा यिनै युवामध्येका गोकुल आसाम पुगेका थिए। सिलसिला घुमफिरको थियो। तर फर्कंदा उनले ‘ग्राण्ड’ योजना लिएर फर्किए।
केही दिनको बसाइँपछि नेपाल फर्केका गोकुललाई आसाममा मायाको चिनो उपहार दिइयो।
त्यो उपहार थियो, बाँसले बनेको कलात्मक सामग्री ‘कप’। खेर जाने बाँसमा यसरी कला भर्न सकिन्छ भन्ने कुरा उनले पहिलोपटक देख्दै थिए।
“घरभरि बाँस थिए। जिल्लाभरि बाँस नपाउने ठाउँ थिएन,” उनी भन्छन्, “बाँसबाट यस्ता गतिला सामग्री बन्छन् भन्ने कहिल्यै सोचेको थिइनँ।”
मोहित बनाएको सो कोसेलीले गोकुललाई घर पुग्दासमेत सोचमा डुबायो। अनि सुनाइहाले साथी रोशनलाई। रोशन पत्रकार पनि हुन्।
“यहाँको कला, संस्कृति र पर्यटनलाई संरक्षण गर्न प्रयासरत छु। त्यसमाथि आफ्नै ठाउँमा स्थापित बनाउन सक्ने यस व्यवसायको सम्भावना देखेपछि मैले अवसर गुमाउने कुरै भएन,” रोशन भन्छन्।
त्यसपछि गोकुल र रोशन पुगे युवा व्यवसायी मनोज प्रसाईलाई भेट्न।
मनोजले पनि साथ र सहयोगको वाचा गर्दै काम अगाडि बढाउन भने।
उनीहरूले दुई वर्ष यसको अध्ययन र अनुसन्धानमै बिताए। त्यसबाट के पत्ता लाग्यो भने थाइल्याण्ड, भियतनाम, कोरिया, सिक्किम, आसामलगायत ठाउँमा मात्रै पाइने यस्ता सामग्री नेपालमा बनेकै रहेनछ।
“अबको चुनौती थियो, यस्तै प्रकृतिमैत्री सामग्री बनाउने दक्ष जनशक्तिको खोजी,” गोकुल भन्छन्, “धेरै सोधखोजपछि मोरङमा कर्ण राईलाई भेटायौं।”
राई अन्तर्राष्ट्रिय क्षेत्रमा बाँसमा अनेक कला भर्ने व्यक्ति हुन्।
सम्भावना र सीप सिकाउने व्यक्ति भेटेपछि यी तीन युवाले लगानीलाई मूर्तरूप दिएर लकडाउनको समय सदुपयोग गर्न थाले। तब स्थापना भयो– बुद्धशान्ति ब्याम्बो उद्योग।
लकडाउनमा धेरै व्यक्तिहरू निष्क्रिय भइरहँदा उनीहरूलाई भने भ्याईनभ्याई थियो।
३५ दिनको तालिममा स्थानीय युवाहरूले पनि सहभागिता जनाए।
“पहिलोपटक योजना सुनाउँदा अचम्मित बनेका घरका सदस्यहरू पनि तालिममा सरिक भए,” रोशन भन्छन्।
पहिलो चरणको तालिम सम्पन्न हुँदा नै बाँसका कप, बोतल, जग, थर्मस, बटुका, गिलास, चम्चा, वाइन ग्लास, बियर ग्लासहरू हेरौंहेरौं लाग्ने देखिए।
प्लाष्टिक प्रयोगले वातावरणलाई नकारात्मक असर पार्छ। त्यसैले पुनर्प्रयोग गर्न मिन्ने घरायसी सामग्री बनाएर बजारमा पुर्याउने उनीहरूको सपनाले अब भने आकार लिँदै थियो।
तर, चुनौती बिनाको काम नै कुन हुन्छ र ?
यस कार्यमा पनि उनीहरूको चुनौती बन्यो पुराना बाँसको संकलन।
कम्तीमा ८ देखि १० वर्ष सम्मका पुराना बाँस चाहिने हुँदा बाँस खोज्न उनीहरू धेरै जिल्ला धाए।
भोलि माग बढी भएमा पुराना बाँस झिकाउन सकिने हो वा होइन भन्ने अर्को समस्या थियो। तर, इलामको सूर्याेदय, सुनमाईलगायतका ठाउँहरूले यो समस्या समाधान गरिदिए।
त्यहाँ आवश्यक अनुरूपका पुराना भालु, चोया र मालु बाँसहरू प्रशस्तै भेटिए।
“अहिले हामीसँग ५० वर्षसम्मका पुराना बाँसहरू छन्। बाँस जति पुरानो भयो यसबाट बन्ने सामग्रीहरू त्यति राम्रा हुँदा रहेछन्। हामी अहिले यसको समस्याबाट निस्किसक्यौँ,” रोशनले भने।
यसरी एउटा भ्रमणमा देखेको सम्भावनाले तीन युवालाई व्यावसायिकतातर्फ स्थापित गर्दै लगेको छ।
उनीहरूले कहिल्यै सोचेका थिएनन् कि तलब कुरेर बस्ने आफूहरू अरूलाई रोजगार दिन्छौँ भनेर। अहिले उनीहरूले ९ जनालाई रोजगार दिएका छन्।
बाँसका सामग्रीहरू बजार पुग्नासाथ माग बढेको छ। धेरैको प्रतिक्रिया सकारात्मक भएकाले उनीहरूले दोस्रो चरणको तालिम पनि चाँडै गर्ने सोचेका छन्।
नयाँ काम र नेपाली पहिचान दिने सामग्री भएकाले स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको चर्चा चुलिएको छ।
“पुराना बाँसहरू जंगलमै लिन जानेदेखि यसले कलात्मक रूप पाउँदा बाँसले पनि जवानी फेरेको देखेर हामी पनि मख्ख छौँ,” गोकुल र रोशनले भने।
दैनिक जीवनमा प्रयोग हुने बिना रसायनका स्वास्थ्यलाई फाइदा दिने र वर्षौंसम्म टिक्ने भएकाले यसको माग बढ्दो छ। त्यसैले चाँडै यसबाट बन्ने मुडा, डोको, कुर्सीलगायतका सामग्री बनाउन उनीहरू प्रयासरत छन्।
हरेक व्यक्तिको घरमा बाँसका सामग्री हुनुपर्छ तब मात्र ‘प्लाष्टिक फ्री’ समाज हुने धारणा राख्ने गोकुल माग धान्न नसके मेसिन पनि चाँडै ल्याउने बताउँछन्।
जीवनलाई कुन समयले कस्तो दिशा उन्मुख गराउँछ थाहै हुँदैन। यद्यपि नयाँ सोच र सफल हुने योजना भए समयमै मूर्तरूप दिनुपर्ने उनीहरू बताउँछन्।
“एउटा भ्रमणका बेला जन्मेको विचारले मूर्तरूप पायो र आज व्यवसायी भइयो। त्यसैले जीवनको टर्निङप्वाइन्ट जहाँ पनि सम्भव रहेछ,” गोकुलले आफ्ना भोगाइ सुनाए।
टुक्रा बाँसलाई नुन तातोपानीमा डुबाउने, जसले बाँसलाई कडा बनाउँछ।
फेरि तिनै टुक्रा बाँसलाई तातो बालुवामा राख्ने जसले बाहिर–भित्र रहेका कीटाणु मार्छ।
अब बाँसका आकार अनुसार कप, ट्रे, गज वा कुन सामग्री हो त्यसकै बनावटमा बाँसलाई छुुट्याइन्छ।
आकार निकालेपछि यसमा रङरोगन गर्ने।
आवश्यकताको अनुसार रङ लागेपछि यी सामग्री बजार जान योग्य हुन्छ।
हस्तकलाको भरमा बनाइने हुँदा एक व्यक्तिले दिनमा १० देखि १२ वटासम्म कप बनाउन सक्छ।

सफल व्यवसायी बनाउने बाँसकाे त्याे कलात्मक कप: Dekhapadhi
केही दिनको बसाइँपछि नेपाल फर्केका गोकुललाई आसाममा मायाको चिनो उपहार दिइयो। त्यो उपहार थियो, बाँसले बनेको कलात्मक सामग्री ‘कप’।
उनीहरूले दुई वर्ष यसको अध्ययन र अनुसन्धानमै बिताए। त्यसबाट के पत्ता लाग्यो भने थाइल्याण्ड, भियतनाम, कोरिया, सिक्किम, आसामलगायत ठाउँमा मात्रै पाइने यस्ता सामग्री नेपालमा बनेकै रहेनछ।
पहिलो चरणको तालिम सम्पन्न हुँदा नै बाँसका कप, बोतल, जग, थर्मस, बटुका, गिलास, चम्चा, वाइन ग्लास, बियर ग्लासहरू हेरौंहेरौं लाग्ने देखिए।
सफल व्यवसायी बनाउने बाँसकाे त्याे कलात्मक कप

झापा। ‘टर्निङप्वाइन्ट’ अर्थात् फलदायी समय। यो कुन बेला आउँछ त ? यकिन गर्न सकिँदैन।

तर, भनिन्छ थाहै नपार्ई आउने यही ‘टर्निङप्वाइन्ट’ले जीवनको नयाँ रेखा कोरिदिन्छ।

ठिक यस्तै भयो झापाका गोकुल पौडेल, रोशन भट्टराई र मनोज प्रसाईको जीवनमा।

उनीहरूको व्यावसायिक जीवनको कोशेढुंगा बन्यो दुई वर्षअघिको एउटा भ्रमण।

२०७५ मा यिनै युवामध्येका गोकुल आसाम पुगेका थिए। सिलसिला घुमफिरको थियो। तर फर्कंदा उनले ‘ग्राण्ड’ योजना लिएर फर्किए।

केही दिनको बसाइँपछि नेपाल फर्केका गोकुललाई आसाममा मायाको चिनो उपहार दिइयो।

त्यो उपहार थियो, बाँसले बनेको कलात्मक सामग्री ‘कप’। खेर जाने बाँसमा यसरी कला भर्न सकिन्छ भन्ने कुरा उनले पहिलोपटक देख्दै थिए।

“घरभरि बाँस थिए। जिल्लाभरि बाँस नपाउने ठाउँ थिएन,” उनी भन्छन्, “बाँसबाट यस्ता गतिला सामग्री बन्छन् भन्ने कहिल्यै सोचेको थिइनँ।”

मोहित बनाएको सो कोसेलीले गोकुललाई घर पुग्दासमेत सोचमा डुबायो। अनि सुनाइहाले साथी रोशनलाई। रोशन पत्रकार पनि हुन्।

“यहाँको कला, संस्कृति र पर्यटनलाई संरक्षण गर्न प्रयासरत छु। त्यसमाथि आफ्नै ठाउँमा स्थापित बनाउन सक्ने यस व्यवसायको सम्भावना देखेपछि मैले अवसर गुमाउने कुरै भएन,” रोशन भन्छन्।

त्यसपछि गोकुल र रोशन पुगे युवा व्यवसायी मनोज प्रसाईलाई भेट्न।

मनोजले पनि साथ र सहयोगको वाचा गर्दै काम अगाडि बढाउन भने।

उनीहरूले दुई वर्ष यसको अध्ययन र अनुसन्धानमै बिताए। त्यसबाट के पत्ता लाग्यो भने थाइल्याण्ड, भियतनाम, कोरिया, सिक्किम, आसामलगायत ठाउँमा मात्रै पाइने यस्ता सामग्री नेपालमा बनेकै रहेनछ।

“अबको चुनौती थियो, यस्तै प्रकृतिमैत्री सामग्री बनाउने दक्ष जनशक्तिको खोजी,” गोकुल भन्छन्, “धेरै सोधखोजपछि मोरङमा कर्ण राईलाई भेटायौं।”

राई अन्तर्राष्ट्रिय क्षेत्रमा बाँसमा अनेक कला भर्ने व्यक्ति हुन्।

सम्भावना र सीप सिकाउने व्यक्ति भेटेपछि यी तीन युवाले लगानीलाई मूर्तरूप दिएर लकडाउनको समय सदुपयोग गर्न थाले। तब स्थापना भयो– बुद्धशान्ति ब्याम्बो उद्योग।

लकडाउनमा धेरै व्यक्तिहरू निष्क्रिय भइरहँदा उनीहरूलाई भने भ्याईनभ्याई थियो।

३५ दिनको तालिममा स्थानीय युवाहरूले पनि सहभागिता जनाए।

“पहिलोपटक योजना सुनाउँदा अचम्मित बनेका घरका सदस्यहरू पनि तालिममा सरिक भए,” रोशन भन्छन्।

पहिलो चरणको तालिम सम्पन्न हुँदा नै बाँसका कप, बोतल, जग, थर्मस, बटुका, गिलास, चम्चा, वाइन ग्लास, बियर ग्लासहरू हेरौंहेरौं लाग्ने देखिए।

प्लाष्टिक प्रयोगले वातावरणलाई नकारात्मक असर पार्छ। त्यसैले पुनर्प्रयोग गर्न मिन्ने घरायसी सामग्री बनाएर बजारमा पुर्‍याउने उनीहरूको सपनाले अब भने आकार लिँदै थियो।

तर, चुनौती बिनाको काम नै कुन हुन्छ र ?

यस कार्यमा पनि उनीहरूको चुनौती बन्यो पुराना बाँसको संकलन।

कम्तीमा ८ देखि १० वर्ष सम्मका पुराना बाँस चाहिने हुँदा बाँस खोज्न उनीहरू धेरै जिल्ला धाए।

भोलि माग बढी भएमा पुराना बाँस झिकाउन सकिने हो वा होइन भन्ने अर्को समस्या थियो। तर, इलामको सूर्याेदय, सुनमाईलगायतका ठाउँहरूले यो समस्या समाधान गरिदिए।

त्यहाँ आवश्यक अनुरूपका पुराना भालु, चोया र मालु बाँसहरू प्रशस्तै भेटिए।

“अहिले हामीसँग ५० वर्षसम्मका पुराना बाँसहरू छन्। बाँस जति पुरानो भयो यसबाट बन्ने सामग्रीहरू त्यति राम्रा हुँदा रहेछन्। हामी अहिले यसको समस्याबाट निस्किसक्यौँ,” रोशनले भने।

यसरी एउटा भ्रमणमा देखेको सम्भावनाले तीन युवालाई व्यावसायिकतातर्फ स्थापित गर्दै लगेको छ।

उनीहरूले कहिल्यै सोचेका थिएनन् कि तलब कुरेर बस्ने आफूहरू अरूलाई रोजगार दिन्छौँ भनेर। अहिले उनीहरूले ९ जनालाई रोजगार दिएका छन्।

बाँसका सामग्रीहरू बजार पुग्नासाथ माग बढेको छ। धेरैको प्रतिक्रिया सकारात्मक भएकाले उनीहरूले दोस्रो चरणको तालिम पनि चाँडै गर्ने सोचेका छन्।

नयाँ काम र नेपाली पहिचान दिने सामग्री भएकाले स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको चर्चा चुलिएको छ।

“पुराना बाँसहरू जंगलमै लिन जानेदेखि यसले कलात्मक रूप पाउँदा बाँसले पनि जवानी फेरेको देखेर हामी पनि मख्ख छौँ,” गोकुल र रोशनले भने।

दैनिक जीवनमा प्रयोग हुने बिना रसायनका स्वास्थ्यलाई फाइदा दिने र वर्षौंसम्म टिक्ने भएकाले यसको माग बढ्दो छ। त्यसैले चाँडै यसबाट बन्ने मुडा, डोको, कुर्सीलगायतका सामग्री बनाउन उनीहरू प्रयासरत छन्।

हरेक व्यक्तिको घरमा बाँसका सामग्री हुनुपर्छ तब मात्र ‘प्लाष्टिक फ्री’ समाज हुने धारणा राख्ने गोकुल माग धान्न नसके मेसिन पनि चाँडै ल्याउने बताउँछन्।

जीवनलाई कुन समयले कस्तो दिशा उन्मुख गराउँछ थाहै हुँदैन। यद्यपि नयाँ सोच र सफल हुने योजना भए समयमै मूर्तरूप दिनुपर्ने उनीहरू बताउँछन्।

“एउटा भ्रमणका बेला जन्मेको विचारले मूर्तरूप पायो र आज व्यवसायी भइयो। त्यसैले जीवनको टर्निङप्वाइन्ट जहाँ पनि सम्भव रहेछ,” गोकुलले आफ्ना भोगाइ सुनाए।

यसरी बनाइन्छ प्रकृतिमैत्री बाँसका सामग्री

८ देखि १० वर्षसम्मका पुराना बाँस जम्मा गर्ने।

डोला बाँसको चाङ लागएर निमपत्ताको धूवाँ लगाउने। निमपत्ताको धूवाँले बाँसको कीटाणु मार्दछ।