काठमाडौं। कोरोना भाइरस संक्रमणले निम्त्याएको विपद्लाई कसरी अवसरमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो, जुम अनलाइन मिटिङ एप।
लकडाउनको सुरुआतदेखि एकाएक प्रयोगकर्ताको पहिलो रोजाइएको एप बन्दै गएको जुमले हालसम्म धेरै पुराना र नयाँ एपलाई पछाडि पारिसकेको छ। तर, सुरुआतदेखि नै कमजोर सुरक्षा व्यवस्थाका कारण विभिन्न आलोचना पनि भोगेको जुम एप प्रयोगकर्ताको डाटा पनि चुहावट भएको थियो।
तर, बिस्तारै कम्पनीले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउँदै लगेको छ। पछिल्लो पटक जुमले एन्ड टू एन्ड इन्क्रिप्सन दिने घोषणा गरेको छ। अहिले कम्पनी इन्ड टू इन्ड इन्क्रिप्सनको अपडेट जारी गरिरहेको छ।
जुम इन्ड टू इन्ड इन्क्रिप्सन नि:शुल्क र पैसा तिर्ने दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यस्तै डेस्कटप र एन्ड्रोइड प्रयोगकर्तालाई पनि यो इन्क्रिप्सन एक्टिभेट गर्ने अप्सन दिइनेछ।
जुमको इन्ड टू इन्ड इन्क्रिप्सन इनेबल गरेपछि पार्टिसिपेन्ट्स बाहेक जुमको मिटिङ सर्भरसँग पनि तपाईँको मिटिङको इन्क्रिप्सन मात्रै हुनेछ।
एप्पल आईओएसमा पनि चाँडै इन्ड टू इन्ड इन्क्रिप्सनको अपडेट पाइने छ।
कम्पनीले यो फिचर ३० दिनको टेक्निकल प्रि-भ्युको रूपमा दिइने बताएको छ। त्यो ३० दिनको अवधिमा प्रयोगकर्तासँग प्रतिक्रिया लिने र त्यसपछि पनि जारी राख्ने बताएको छ।
के हो इन्ड टू इन्ड इन्क्रिप्सन अर्थात् E2EE?
साधारण शब्दमा भन्दा इन्ड टू इन्ड एक इन्क्रिप्सनको स्ट्यान्डर्ड हो। यसलाई सेक्युर कम्युनिकेसनको एउटा तरिका पनि भन्न सकिन्छ।
यसको प्रयोग गर्दा कोही पनि थर्ड पार्टीले तपाइँको डेटा पत्ता लगाउन सक्दैन। उदाहरणका लागि तपाइँ कोसँग च्याट वा कलमा कुरा गरिरहनु भएको छ भन्ने थाहा हुँदैन।
जुन एपको प्रयोग गरेर तपाइँ कसैसँग च्याटिङ वा भिडिओ कल गरिरहनु भएको छ र तपाइँ इन्ड टू इन्ड इन्क्रिप्सन इनेबल गर्नु भएको छ भने तपाईँको कम्मयुनिकेसन तपाइँ र जोसँग कुरा गरिरहनु भएको छ, उसैसँग मात्रै सीमित हुन्छ।
इन्ड टू इन्ड इन्क्रिप्सनको प्रयोगबाट जसको कम्पनी हो, उसले पनि तपाईँको च्याट पढ्न र भिडिओ कल पनि इन्टरसेप्ट गर्न सक्दैन। इन्ड टू इन्ड इन्क्रिप्सनको प्रयोगले डेटा चुहावट र ह्याकिङलाई पूर्ण रूपमा रोक्दैन। तर, जति सहजै डेटा लिक हुनसक्थ्यो, त्यसमा चाहिँ कमी र थर्ड पार्टीलाई कठिन बनाउन सक्छ।
कसरी जुममा इन्ड टू इन्ड इन्क्रिप्सन इनेबल गर्न सकिन्छ ?
- यो फिचर डिफल्ट हुँदैन। तपाइँले पहिला जुमको लेटेस्ट भर्जन अपडेट गरेर एप सेटिङमा गएर इन्ड टू इन्ड इन्क्रिप्सन (E2EE) इनेबल गर्नुपर्छ।
- जुम वेब पोर्टलमा आफ्नो आइडी र पासवर्ड इन्टर गरेर लग इन गरेर सेटिङमा जानुहोस्।
- सेटिङको मिटिङ ट्याबमा ट्याप गर्नुहोस्। त्यहाँ सेक्युरिटी ट्याबभित्र Allow use of end to end encryption अप्सनमा गएर इनेबल गर्नुहोस्।
- सेटिङ्ग्स डिसेबल भए त्यहाँ रहेको इनेबल टोगलमा क्लिक गर्नुहोस्। यहाँ तपाइँले भेरिफिकेसन डाइलग देख्न सक्नुहुन्छ त्यसलाई टर्न अन गर्नुहोस्।
- इन्ड टू इन्ड इन्क्रिप्सन इनेबल भएपछि प्रयोगकर्ताले ग्रिन पेडलक देख्न सक्छन्।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणले निम्त्याएको विपद्लाई कसरी अवसरमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो, जुम अनलाइन मिटिङ एप।लकडाउनको सुरुआतदेखि एकाएक प्रयोगकर्ताको पहिलो रोजाइएको एप बन्दै गएको जुमले हालसम्म धेरै पुराना र नयाँ एपलाई पछाडि पारिसकेको छ। तर, सुरुआतदेखि नै कमजोर सुरक्षा व्यवस्थाका कारण विभिन्न आलोचना पनि भोगेको जुम एप प्रयोगकर्ताको डाटा पनि चुहावट भएको थियो।

">