काठमाडौँ। विश्व बैंकले नेपालको ग्रामीण कृषिलाई बढावा दिन तथा र महामारीपछिको सुधारको लागि ‘ग्रामीण उद्यम र आर्थिक विकास परियोजना’अन्र्तगत ८ करोड अमेरिकी डलर (करिब ९ अर्ब ४४ करोड रूपैयाँ) नेपाललाई दिने भएको छ।
विश्व बैंकले उक्त रकम नेपाललाई दिने निर्णय बुधबार गरेको हो।
यो परियोजनाले कृषि बजारसँगको लिंक बनाउन सघाउने बताइएको छ। विशेष गरी महिलाहरूलाई यो परियोजनाले सघाउनेछ।
“परियोजना सरकार र निजी क्षेत्र दुवैको लागि सँगै काम गर्ने अवसर बन्ने छ। कृषि क्षेत्रमा नेपालको ब्राण्ड बनाउन यसले सघाउने छ, जुन विश्वमै स्थापित हुनेछ,” नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्रि डाइरेक्टर फारिस ह्याड्याड जेरभोसले भने।
उनले परियोजनाबारे थप स्पष्ट पारेका छन्, “परियोजनाले कफी, चिय, फलफूल र औषधी उत्पानहरू जस्ता धेरै क्षेत्रमा उत्प्रेरित गर्नसक्छ।”
परियोजना प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पर्ने पाँचवटा आर्थिक कोरिडोरमा पनि केन्द्रित रहने जनाइएको छ। यी लिंक रोडहरूले ग्रामीण उद्यमीहरूलाई सघाउने विश्व बैंकको विश्वास छ।
" /> काठमाडौँ। विश्व बैंकले नेपालको ग्रामीण कृषिलाई बढावा दिन तथा र महामारीपछिको सुधारको लागि ‘ग्रामीण उद्यम र आर्थिक विकास परियोजना’अन्र्तगत ८ करोड अमेरिकी डलर (करिब ९ अर्ब ४४ करोड रूपैयाँ) नेपाललाई दिने भएको छ।विश्व बैंकले उक्त रकम नेपाललाई दिने निर्णय बुधबार गरेको हो।

">