शून्य प्रतिशत डाउन पेमेन्टमा ‘अब बन्छ हजुरको घर’ अफर
काठमाडौं। मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर शुरू गरेका छन्।

ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिन यस्तो योजना नेपालमै पहिलो पटक शुरू गरिएको हो।

योजनाअन्तर्गत, जग्गाधनीहरूले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ वर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्नेछन् भने मेरोघरले ग्राहकको इच्छाअनुसार घरको डिजाइन देखि पूर्ण निर्माणसम्मको सेवा प्रदान गर्नेछ।

घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महीना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ। यसका लागि मेरोघर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्धन गरिएको बताइएको छ।

ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजता दिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिन यो योजना अघि सारिएको दुवै कम्पनीले जनाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्