काठमाडौँ। कोरोना भाइरस महामारीको समयमा विदेशबाट मोबाइल भित्रिने क्रम बढ्दै गएको छ। यसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन/निषेधाज्ञाको समयमा पनि मोबाइलको खपत नरोकिएको देखाउँछ।
खास गरी लकडाउनको समयमा स्कुल तथा कलेजहरूले अनलाइन क्लास सुरु गरेपछि मोबाइलको माग ह्वात्तै बढेको हो। यस कारण विदेशबाट आउने मोबाइलको परिमाण पनि बढेको छ।
अनलाइन क्लासमा मोबाइलको र ल्यापटपको प्रयोग हुने गर्छ। तर ल्यापटपको तुलनामा मोबाइल फोन सस्तो पर्ने भएकाले पनि मोबाइलको बिक्री बढेको व्यापारीहरू बताउँछन्।
मोबाइल वितरक संघका अध्यक्ष जगत साउदले ल्यापटपको तुलनामा मोबाइल सस्तो हुनाले नै मोबाइलको माग बढेको बताएका छन्। उनका अनुसार अनलाइन क्लासका साथै जुममार्फत हुने विभिन्न भर्चुअल बैठक र सेमिनारले पनि मोबाइलको माग बढाएको छ।
यसका साथै लकडाउनका कारण तस्करहरूले भारत र दुवैबाट चोरी पैठारी गर्न नपाउँदासमेत वैधानिक माध्यमबाट मोबाइल आउँदा मूल्य बढेको व्यापारीहरूको भनाइ छ।
४ अर्बले बढ्यो मोबाइलको आयात
चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ११ अर्ब १० करोड १२ लाख रूपैयाँको मोबाइल भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा ३ अर्ब ९१ करोड रूपैयाँले बढी हो।
भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा उक्त परिमाणको १५ लाख सेट मोबाइल नेपाल भित्रिएको हो। उक्त परिमाणको मोबाइल भित्रिँदा आयातकर्ताले १ अर्ब ७५ करोड ६९ लाख रूपैयाँ बराबर राजस्व बुझाएका छन्।
अघिल्लो वर्षको यही अवधिमा ७ अर्ब १९ करोड रूपैयाँको मोबाइल फोन भित्रिएको थियो। त्यस क्रममा व्यापारीहरूले १ अर्ब १३ करोड ८५ लाख रूपैयाँ राजस्व तिरेका थिए।
गत वर्षको तथ्याङ्कअनुसार १६ लाख २३ हजार सेट मोबाइल भित्रिँदा उक्त रकम बाहिरिएको थियो।
कुन देशबाट कति फोन आयात ?
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा ३१ वटा देशबाट नेपालमा मोबाइल आएका छन्। तर केही सीमित देशबाहके अन्य देशबाट १० लाखभन्दा पनि कम मूल्यका थोरै सेट मोबाइल भित्रिएको विभागको भनाइ छ।
नेपालले मोबाइल सर्वाधिक आयात गर्ने देशहरूमा चीन, भारत, भियतनाम, कोरिया, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स र जापान छन्।
तीमध्ये पनि चीनबाट सबैभन्दा बढी मूल्यको मोबाइल आएको छ। चीनबाट मात्रै यस अवधिमा ७ अर्ब ७ अर्ब ६ करोड ३१ लाख रूपैयाँको मोबाइल आयात भएको विभागले जानकारी दिएको छ।
यस्तै, भारतबाट ३ अर्ब ५४ करोड ६८ लाख रूपैयाँको, भियतनामबाट ४३ करोड ४८ लाखको, युएईबाट ११ करोडको र कोरियाबाट २ करोड ८६ लाख रूपैयाँको मोबाइल आएको विभागको तथ्यांक छ।
साथै, अमेरिकाबाट ७२ लाखको, बेलायतबाट ११ लाखको र जापानबाट १८ लाख रूपैयाँको मोबाइल भित्रिएको छ।
" /> काठमाडौँ। कोरोना भाइरस महामारीको समयमा विदेशबाट मोबाइल भित्रिने क्रम बढ्दै गएको छ। यसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन/निषेधाज्ञाको समयमा पनि मोबाइलको खपत नरोकिएको देखाउँछ।खास गरी लकडाउनको समयमा स्कुल तथा कलेजहरूले अनलाइन क्लास सुरु गरेपछि मोबाइलको माग ह्वात्तै बढेको हो। यस कारण विदेशबाट आउने मोबाइलको परिमाण पनि बढेको छ।

">