उपत्यकाका १७ व्यावसायिक फर्ममा विभागको अनुगमन, १ लाख २० हजार जरिवाना <p>काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभाेक्ता संरक्षण&nbsp;विभागले आज काठमाडौं उपत्यकाका तीन जिल्लाका १७ व्यावसायिक फर्ममा अनुगमन गरेको छ।</p> <p>विभागले काठमाडौं उपत्यकाका तीन जिल्लाका मासु, खाद्यान्न, किराना, ग्यास, फलफूल र डिपार्टमेन्टल स्टोरमा अनुगमन गरेको जानकारी दिएको छ।</p> <p>अनुगमनका क्रममा उपभोक्ता ठग्ने विभिन्न कम्पनीहरूलाई एक लाख २० हजार रूपैयाँ बराबरको जरिवाना गरिएको छ।</p> <p>यसका साथै, तीन व्यावसायिक फर्मको अनुगमन गरेर एक हजार ३८५ रूपैयाँ बराबरको खान अयोग्य म्याद सकिएका वस्तु नष्ट गरेको विभागले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्