सिन्धुपाल्चोक। चीनसँग जोडिएको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ।
नाकाबाट आज एक कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ। गत असोज ११ देखि बन्द नाकाबाट बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो।
शुक्रबारबाट कम्तीमा सातवटा चिनियाँ कन्टेनरले हरेक दिन सामान ल्याएर नेपाली यार्डसम्म उपलब्ध गराउने भन्सार कार्यालयले जनाएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकाबाट सामग्री आयात सुरु भइसकेको र सडक विभागले सडक मर्मत तत्काल सुरु गर्ने बताए।
कोभिड-१९ को सङ्क्रमण र वर्षायामका कारण सो नाका अवरुद्ध हुँदै आएको थियो। रासस
" /> सिन्धुपाल्चोक। चीनसँग जोडिएको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ।नाकाबाट आज एक कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ। गत असोज ११ देखि बन्द नाकाबाट बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो।

">