काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्न थालेको छ। दसैँपछि बिहीबारदेखि कारोबार सुरु भएको सुनको भाउ लगातार दोस्रो दिन घटेको हो।
बिहीबार प्रतितोला एक हजार रूपैयाँले घटेको छापावाला सुनको भाउ आज प्रतितोला २०० रूपैयाँले घटेको छ।
दसैँअघि कात्तिक ६ गते नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलामा ९५ हजार ७०० रूपैयाँ तोकेको थियो। जुन लगातार दुई दिन घटेर आज ९४ हजार ५०० रूपैयाँ कायम भएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लाग्दा नेपालमा पनि भाउ ओरालो लागेको हो।
महासंघका अनुसार आज तेजाबी सुनको भाउ तोलामा ९४ हजार रूपैयाँ तोकिएको छ। त्यसैगरी, चाँदीको प्रतितोला मूल्य ११८० रूपैयाँ कायम छ।
" /> काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्न थालेको छ। दसैँपछि बिहीबारदेखि कारोबार सुरु भएको सुनको भाउ लगातार दोस्रो दिन घटेको हो।बिहीबार प्रतितोला एक हजार रूपैयाँले घटेको छापावाला सुनको भाउ आज प्रतितोला २०० रूपैयाँले घटेको छ।

">