काठमाडौं। सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन र ललितपुरका भैसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेशप्रमुखको आवास भवन निर्माणको अवलोकन गरेका छन्।
मन्त्रालय अन्तर्गतको गौरवको आयोजना अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले दुई स्थानको संरचना अवलोकन गरेका हुन्।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले अन्तर्गत निर्माण भइरहेको संघीय संसद् भवन र मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास भवनको प्रगतिबारे जानकारी लिन मन्त्री श्रेष्ठ निर्माणस्थल पुगेका हुन्।
अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिए। उनले भने, "गुणस्तरमा कुनै कमी कमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण गर्न सरकारले जस्तोसुकै सहयोग गर्न तयार छ। मैले यो आशा राखेको छु कि संघीय संसदको अन्तिम बैठक यही भवनमा बस्नेछ।"
संघीय संसद् भवन आयोजना प्रमुख प्रकृण तुलाधरले कोभिड संक्रमणको कारण निर्माण सम्पन्न हुन केही ढिला हुनसक्ने बताए। यद्यपि तोकिएकै समयमा सम्पन्न गर्नेगरी कम्पनीलाई दबाब दिइसकेकाे उनले बताए।
त्यसैगरी भैसेपाटीस्थित मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले समयमा काम सम्पन्न निर्देशन दिए। "काम सन्तोषजनक छ, समयमै सक्नेगरी थप मजदुरको व्यवस्थापन गर्नुस्," उनले भने।
" /> काठमाडौं। सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन र ललितपुरका भैसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेशप्रमुखको आवास भवन निर्माणको अवलोकन गरेका छन्।मन्त्रालय अन्तर्गतको गौरवको आयोजना अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले दुई स्थानको संरचना अवलोकन गरेका हुन्।

">