काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानले महासंघलाई राजनीतिबाट टाढा राख्ने बताएका छन्।
उनले आगामी मंसिर १३ गते हुने महासंघको निर्वाचनका लागि प्यानलसहित उम्मेदवारी दर्ता कार्यक्रममा बोल्दै देशको अर्थतन्त्रलाई मजबुत बनाउन महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन्।
प्रधानले व्यक्त गरेको भनाइको सारांशः
जब २८ वर्ष अगाडि नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गरेको थिएँ। त्यो बेलादेखि नै महासंघलाई एउटा मन्दिरको रूपमा देखेको छु। र, यही मन्दिरमा प्रवेश गरेर पुजारीको रूपमा पूजा गरिरहेको छु।
२८ वर्षपछि गोल्छा टिममा समावेश भएर उहाँको कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न वरिष्ठ उपाध्यक्षको पदमा उम्मेद्वारी दिएको छु।
निर्वाचित भएपछि आफ्नो कार्यकालमा सबै सक्षम मित्रहरूलाई साथमा लिएर अगाडि बढ्ने छु।
२८ वर्षसम्म महासंघ बसेर काम गरेको छु। मतदाता मेरा भगवान हुन्। उहाँहरूले एउटा पुजारीको पूजालाई सफल पार्नुहुन्छ कि? पुजारीको पूजालाई अझ अगाडि बढ्ने प्रेरणा दिनुहुन्छ?
चैतमा नै हामी यो पदमा बसिसक्नुपर्ने हो। आज हामी मंसिरसम्म पुगिसकेका छौं। झण्डै ८ महिनाको दौरान हाम्रो समय खेर गइसक्यो।
यस्तो अवस्थामा अब हामीलाई देशको अर्थतन्त्र सुधार्नु छ। देशका सम्पूर्ण क्रियाकलाप जो व्यवसायीका हितमा छैन त्यसलाई स्थापित गर्नु छ।
देशको अर्थतन्त्रलाई मजबुत बनाउनका लागि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्छ। र, महासंघलाई सशक्त र सवल बनाउनका लागि यही सुदृढीकरणको अभियानबाट अगाडि बढ्ने प्रण गरेका छौं।
भावी अध्यक्ष शेखर गोल्छाको कार्यकाल सफल पार्न हामीलाई साथ दिनुहोस्।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानले महासंघलाई राजनीतिबाट टाढा राख्ने बताएका छन्।उनले आगामी मंसिर १३ गते हुने महासंघको निर्वाचनका लागि प्यानलसहित उम्मेदवारी दर्ता कार्यक्रममा बोल्दै देशको अर्थतन्त्रलाई मजबुत बनाउन महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन्।

">