काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन्।
उनले आज काठमाडौंमा आफ्नो प्यानलका पदाधिकारीसहितका उम्मेद्वाहरुसँगको अन्तरक्रियामा बोल्दै महामारीले संकटमा परेका साना तथा मझौला व्यवसाय बचाउन महासंघको नेतृत्व सक्षम हुनुपर्ने बताएका हुन्।
महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र मारमा परेकाले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको उनको भनाई छ।
“कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं र अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भैसकेको छैन”, उनले भने, “त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाई रराख्न र संरक्षण गर्न हामीलाई बलियो काँध चाहिएको छ।”
सोहीकारण, महासंघको नेतृत्वमा सही र सक्षम नेतृत्व चुन्नुपर्ने बताउँदै आगामी नेतृत्वले मुलुकको जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ढकालले बताए।
“महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्छ”, उनले भने।
महामारीको बेलामा अहिले ज्यान जोगाउँदै भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने ढकालको भनाई छ।
नेतृत्व भनेको संकटको समयको सारथी भएकाले दुःखको बेला नै नेतृत्वको पहिचान हुने भन्दै आफूले महासंघको नेतृत्वमा पुगेपछि यस्तै सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने पनि बताए।
प्रकृतिले थपिदिएको चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उनले आफ्नो टिमका सबै साथीहरुलाई आग्रह गरे।
आफ्नो समूह अबका सबै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकोले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए।
अन्तर्क्रियात्मक भेलामा ढकाल समूहबाट उम्मेदवारहरु उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघई लगायतको उपस्थिति रहेको थियो।