नोभेम्बर १० मा एप्पलको 'वान् मोर थिङ्' इभेन्ट, तीन नयाँ म्याकबुक आउन सक्ने <p>काठमाडौं। एप्पलले नोभेम्बर १० मा &#39;वान् मोर थिङ्&#39; इभेन्ट गर्ने घोषणा गरेको छ। यो इभेन्टले यसअघिको म्याकबुक ट्रेन्डमा परिवर्तन ल्याउने आशा गरिएको छ। किनभने, यो यसै इभेन्टमार्फत एप्पलले आफ्नै कस्टम आर्म-बेस्ड सिपियुसहिका ल्याप्टप सार्वजनिक गर्न सक्ने छ।</p> <p>एप्पले तीन नयाँ ल्याप्टप - १३ इञ्च म्याकबुक एयर र दुई फरक साइजका म्याकबुक प्रो मोडल्स (१३ इन्च र १६ इन्च) डेब्यू गर्ने तयारी गरेको छ। यी सबै ल्यापटपमा इन्टेल प्रोसेसर समावेश हुने ब्लुमबर्गले जनाएको छ।</p> <p>तर &#39;वान् मोर थिङ्&#39; इभेन्टबारे एप्पलले थप जानकारी केही पनि दिएको छैन। तर, आइप्याड, आइफोनको अपडेटेड सिरिज सार्वजनिक गरिसकेको एप्पलका म्याक्स मात्रै यो वर्ष नयाँ सार्वजनिक हुन बाँकी छन्।</p> <p>एप्पपले गत समर इभेन्टमा म्याक लाइनअप &times;86 सिपियुलाई आर्म्स सिपियुमा परिवर्तनबारे सोचिरहेको बताएको थियो। र, कम्पनीले आर्म म्याक ट्रान्जिसन यो वर्षदेखि सुरु गरेर २०२२ मा टुङ्ग्याउने योजना बनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्