काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ।
निर्वाचनको प्रतिस्पर्धामा रहेका दुवै समूहले आफ्नो प्यानलसहित उम्मेद्वारी दर्ता व्यवसायीक जगत चुनावी माहौलमा प्रवेश गरेको छ।
महासंघको ५४औं साधारणसभा यही मंसिर ११ र १२ गते तथा कार्यकारिणी समितिको निर्वाचन १३ गते कार्यक्रम तय गरिएको छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा दुवै समूहले आफ्नो प्रचारलाई तीव्रता दिएका छन्।
यस्तै, महासंघमा जोडिएका देशभरका सबै उद्योगी व्यवसायी पनि भावी नेतृत्व छनोटमा सक्रियताका साथ लागेका छन्।
मंसिर १३ गते हुने निर्वाचनका लागि महासंघको निर्वाचन समितिले कात्तिक ५ गते नै तालिका सार्वजनिक गरिसकेको छ।
ढकाल र प्रधानको प्रतिस्पर्धा
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। सोहीअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा मंसिर दोस्रो साताबाट उद्योग वाणिज्य महासंघमा स्वतः अध्यक्ष हुनेछन्।
वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको अध्यक्ष हुने भएकाले महासंघको चुनाव पनि वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रित हुने नै भयो। वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किसोरकुमार प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।
उनीहरूले महासंघको तीन उपाध्यक्षसहित केन्द्रिय सदस्य पदमा समेत आ–आफ्नो समूह बनाएर उठेका छन्।
ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेद्वारी दिएका छन्।
यस्तै, प्रधान समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीले उम्मेद्वारी दिएका छन्।
ढकाल समूहले उम्म्देवारी दर्ता खुला गरिएकै दिन अर्थात कात्तिक ५ गते नै आफ्नो प्यानलसहित आफ्नो उम्मेद्वारी दर्ता गरेको थियो।
प्रधान समूहले भने कात्तिक १७ गते आफ्नो प्यानलसहित उम्मेद्वारी दर्ता गरेको छ।
यो समूहलाई निवर्तमान अध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवाणी राणा र भावी अध्यक्ष शेखर गोल्छाले खुलेर साथ दिएका छन्।
यस्तै, ढकाल समूहलाई भने महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको साथ छ।
संकटमा परेका व्यवसाय बचाउन पहल गर्छुः ढकाल
ढकालले आफु वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि कोभिड–१९ को दुस्प्रभावका कारण संकटमा परेका व्यवसाय बचाउन पहल गर्ने बताएका छन्।
हिजो आयोजित आफ्ना प्यानलका पदाधिकरीसहित उम्मेद्वारसँगको अन्तरक्रियामा बोल्दै उनले भने, “महामारीले संकटमा परेका साना तथा मझौला व्यवसाय बचाउन महासंघको नेतृत्व सक्षम हुनुपर्छ। ती व्यवसाय बचाउन हामीहरू सक्षम हुने छौं।”
महामारीका कारण उद्योग व्यवसाय क्षेत्र समस्यामा परेको भए पनि व्यवसायीक क्षेत्रले नै देशको अर्थतन्त्र उकास्न सक्ने ढकालले बताए।
राजनीतिबाट टाढा राख्ने कोसिस गर्छुः प्रधान
यस्तै, ढकालका प्रतिपर्धी किसोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्षमा चुनिएपछि महासंघलाई राजनीतिबाट टाढा राख्ने प्रयास गर्ने बताएका छन्।
उनले महासंघमा राजनीति बढेको संकेत भन्दै आफु निर्वाचित भएपछि महासंघलाई राजनीतिक किचलोबाट टाढा राख्न सहयोग गर्ने बताएका हुन्।
साथै, उनले भावी अध्यक्ष गोल्छाको नेतृत्व सफल पार्न आफ्नो समूहको जित आवश्यक रहेको प्रधानले बताए।
" /> काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ।निर्वाचनको प्रतिस्पर्धामा रहेका दुवै समूहले आफ्नो प्यानलसहित उम्मेद्वारी दर्ता व्यवसायीक जगत चुनावी माहौलमा प्रवेश गरेको छ।

">