काठमाडौं। अक्टोबर महिनामा भारतको आयात र निर्यात दुवै ओरालो लागेको छ। अक्टोबरमा भारतले २४.८२ अर्ब डलरको सामान निर्यात गरेको छ। जुन, अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.४ प्रतिशतले घटेको हो।
यस्तै, यस अवधिमा भारतको आयात पनि घटेको छ। अक्टोबर महिनामा भारतले ३३.६ अर्ब डलरको सामान आयात गरेको छ। यो, ११.५६ प्रतिशतको गिरावट हो।
तथ्यांकअनुसार, अक्टोबर महिनामा भारतको व्यापार घाटा ८.७८ अर्ब डलर रहेको छ। जबकी, अघिल्लो वर्षको यही अवधिमा ११.७६ अर्ब डलर थियो।
खासगरी, यो महिनामा पेट्रोलियम पदार्थ, रत्न तथा आभुषण र इन्जिनियरिङ क्षेत्रका वस्तुको निर्यातमा कमी आएको छ।
भारतीय सरकारको तथ्यांक अनुसार यो अवधिमा पेट्रोलको निर्यात ५३.३० प्रतिशत, काजु २१.५७ प्रतिशत र रत्न तथा आभुषणको निर्यात २१.२७ प्रतिशतले घटेको छ।
साथै, धागो, कपडा, इलेक्ट्रिकल उत्पादन र कफि लगायतका वस्तुको निर्यातमा समेत गिरावट आएको छ।
" /> काठमाडौं। अक्टोबर महिनामा भारतको आयात र निर्यात दुवै ओरालो लागेको छ। अक्टोबरमा भारतले २४.८२ अर्ब डलरको सामान निर्यात गरेको छ। जुन, अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.४ प्रतिशतले घटेको हो।यस्तै, यस अवधिमा भारतको आयात पनि घटेको छ। अक्टोबर महिनामा भारतले ३३.६ अर्ब डलरको सामान आयात गरेको छ। यो, ११.५६ प्रतिशतको गिरावट हो।

">