काठमाडौं। कोरोना भाइरसको महामारीबीच नेपालका विभिन्न स्थानमा ट्रेकिङ र हिमाल आरोहण गर्न एक सय जनाले भिसा लिएका छन्।
सरकारले कात्तिक १ गतेबाट ट्रेकिङ र हिमाल आरोहणका लागि भिसा खुला गरेपछि उनीहरुले भिसा लिएका हुन्।
“ट्रेकिङ र हिमाल आरोहणको लागि एक सय जनाले भिसा लिएका छन्”, अध्यागमन विभागका प्रमुख रमेशकुमार केसीले देखापढीसँग भने, “पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा उनीहरुले भिसा लिएका हुन्।”
केसीका अनुसार ट्रेकिङ र हिमाल आरोहण गर्न नेपालको भिसा लिनको लागि बोर्ड र विभागको सिफारिस अनिवार्य गरिएको छ। बोर्ड र विभागको सिफारिस विना पर्यटकले भिसा पाउने छैनन्।
बोर्ड र विभागको सिफारिस लिएर कात्तिक १ गतेयता ७५ जनाले ट्रेकिङ र २५ जनाले हिमाल आरोहण गर्नको लागि भिसा लिएको केसीले जानकारी दिए।
कोरोना महामारीका कारण नेपालले गत चैत महिनादेखि पर्यटकलाई ‘अनअराइभल भिसा’ दिन बन्द गरेको छ। नेपालमा विभिन्न संघ संस्थामा काम गर्ने विदेशीले सम्बन्धित संघ संस्थाको सिफारिसमा भिसा लिने वा नविकरण गर्ने गरेका छन्।
असोजमा १०१ देशका नागरिक नेपाल आए
अध्यागमन विभागका अनुसार गएको असोज महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट मात्र विश्वका १०१ देशका नागरिक नेपाल आएका थिए।
असोजमा टीआईएबाट मात्र ६८ हजार ६३९ जना यात्रुले नेपालमा आवतजावत गरेका थिए। यसरी आवतजावत गर्नेमा ४ हजार ५ जना विदेशी थिए भने ६४ हजार ६३४ जना नेपाली रहेका थिए।
असोजमा १ हजार ९९२ जना विदेशी नेपाल आएका थिए। यस्तै सोही अवधिमा २ हजार ८१४ जना विदेशी नेपालबाट फर्केका थिए।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीबीच नेपालका विभिन्न स्थानमा ट्रेकिङ र हिमाल आरोहण गर्न एक सय जनाले भिसा लिएका छन्।सरकारले कात्तिक १ गतेबाट ट्रेकिङ र हिमाल आरोहणका लागि भिसा खुला गरेपछि उनीहरुले भिसा लिएका हुन्।

">