काठमाडौं। अमेरिकी राष्ट्रपतिको चुनावका कारण त्यहाँको सेयर बजारमा ठूलो उतार-चढाव आएको छ। बुधबार बिहानदेखि नै अमेरिकी सेयर बजारको कारोबारमा लगातार सर्किट ब्रेक लागेको छ।
सेयर बजारले अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा पर्खिरहेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिद्वन्दी जोइ बाइडेनबीच जारी चुनावी प्रतिस्पर्धा कुनै एक उम्मेद्वारले २७० इलेक्टोरल भोट प्राप्त गरेपछि आगामी राष्ट्रपति चुनेर टुङ्गो लाग्नेछ।
रिपब्लिकन ट्रम्प र डेमोक्र्याट बाइडेनबीचको प्रतिस्पर्धाका कारण अमेरिकी सेयर बजार डो फ्युचर्स ४२ अङ्कले घटेको छ। तर, अर्को सेयर बजार एस एन्ड पी ५०० फ्युचर्स भने २० अङ्कले बढेको छ।
त्यस्तै, नास्डाक फ्युचर्स बजार २८५ अङ्कले बढ्दा रसेल २००० फ्युचर्स ५.६ अङ्कले घटेको छ।
राष्ट्रपति निर्वाचनको मतदान सकिए पनि नतिजा आउने क्रम जारी रहँदा दुवै उम्मेद्वारले जित्न सक्ने सम्भावना बाँकी नै छ। ताजा अपडेट अनुसार अहिले बाइडेन २३८ र ट्रम्प २१३ इलेक्टोरल भोटसहित मैदानमा छन्।
यद्यपि, जर्जिया, नर्थ क्यारोलिना, पेन्सिलभेनिया, मिचिगान र आलस्कामा अग्रता बनाएका ट्रम्पले जित्ने विभिन्न अनुमान हुन थालेका छन्। र, यसरी अग्रता लिएका स्थानमा जित हासिल गरे ट्रम्प २८३ इलेक्टोरल भोटसहित दोस्रो कार्यकालका लागि निर्वाचित हुनेछन्।
" /> काठमाडौं। अमेरिकी राष्ट्रपतिको चुनावका कारण त्यहाँको सेयर बजारमा ठूलो उतार-चढाव आएको छ। बुधबार बिहानदेखि नै अमेरिकी सेयर बजारको कारोबारमा लगातार सर्किट ब्रेक लागेको छ।सेयर बजारले अमेरिकी राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा पर्खिरहेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रतिद्वन्दी जोइ बाइडेनबीच जारी चुनावी प्रतिस्पर्धा कुनै एक उम्मेद्वारले २७० इलेक्टोरल भोट प्राप्त गरेपछि आगामी राष्ट्रपति चुनेर टुङ्गो लाग्नेछ।

">