सिटिजन्सकाे लाभांशमा राष्ट्र बैंककाे संशाेधन
<p>काठमाडाैं। सिटिजन्स बैंकको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरेको छ। राष्ट्र बैंकले सिटिजन्सले घोषणा गरेको लाभांशलाई थोरै संशोधनसहित स्वीकृत गरेको हो।</p>
<p>बैंकले ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत घोषणा गरेको थियो।</p>
<p>राष्ट्र बैंकले बोनस सेयर बढाएर ८ प्रतिशत र नगद घटाएर ३ प्रतिशत पुर्‍याइदिएको छ। अब बैंकले संशोधित लाभांश साधारणसभामा पेश हुनेछ।</p>
<p>कोभिडका कारण बैंकहरुको नाफा प्रभावित भएको छ भने राष्ट्र बैंकले पनि लाभांश वितरणमा अंकुश लगाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्