काठमाडौं। ऐतिहासिक काष्ठमण्डप वैशाख १२ गते उद्घाटन हुने भएको छ। २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी गरिँदै छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिए। शुक्रबार दिउँसो सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठका साथ काष्ठमण्डप पुनर्निर्माणको प्रगतिबारे जानकारी लिन वसन्तपुर दरबारक्षेत्र पुगेका मन्त्री ज्ञवालीले उक्त जानकारी दिएका हुन्।
काष्ठमण्डप पुनर्निर्माणको अवस्थाबारे जानकारी लिँदै परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्मको प्रगतिको खुलेर प्रशंसा गरे। ‘‘काष्ठमण्डप पुननिर्माणको अवस्था देख्दा स्थानीय जनतासहितको सहभगितामा सम्पदा निर्माणमा नमूना स्थापित भएको देखेको छु,’’ उनले भने, ‘‘मौलिक परम्परालाई जोगाएर तीव्रताका साथ काम भएको देख्दा सरकारको तर्फबाट मैले धन्यवाद दिनैपर्छ, यस्ता सम्पदा पुनर्निर्माणमा स्थानीय जनताको सहभागिता मुख्य देन रहन्छ।’’
सहरी विकासमन्त्री श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन वैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भइरहेको बताए। ‘‘हनुमानढोका दरबारक्षेत्र लगायत देशका महत्त्वपूर्ण सम्पदा पुनर्निर्माण गर्दा स्थानीयलाई सहभागिता गराउनु आवश्यक छ,’’ उनले भने, ‘‘काष्ठमण्डप पुननिर्माण समितिले गरेको कामको प्रशंसानीय छ। तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ। हामीले उद्घाटनको मिति घोषणा गरिसकेका छौं, सोही आधारमा तयारी थाल्न आग्रह गर्छु।’’
काष्ठमण्डप पुननिर्माण समितिका संयोजक एवं बागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आए पनि तोकिएकै समयमा पुननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए। ‘‘हामीले ऐतिहासिक जिम्मेवारी पाएका छौं, त्यसलाई पूरा गर्ने छौं,’’ उनले भने।
अहिले करिब ७५ प्रतिशत काम सकिएको र फागुन अन्तिमसम्ममा निर्माण सम्पन्न गरिने उनको भनाइ छ।
संयोजक शाक्यका अनुसार काष्ठमण्डप पुनर्निर्माण सम्पन्न गर्न करिब १३ करोड रूपैयाँ लाग्नेछ। सरकारको तर्फबाट पुनर्निर्माण गर्दा करिब १९ करोड रूपैयाँ अनुमान गरिएको थियो। काठमाडौं महानगरपालिकाको पूर्ण आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको यस सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रूपैयाँ उपलब्ध गराइसकेको छ।
" /> काठमाडौं। ऐतिहासिक काष्ठमण्डप वैशाख १२ गते उद्घाटन हुने भएको छ। २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी गरिँदै छ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिए। शुक्रबार दिउँसो सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठका साथ काष्ठमण्डप पुनर्निर्माणको प्रगतिबारे जानकारी लिन वसन्तपुर दरबारक्षेत्र पुगेका मन्त्री ज्ञवालीले उक्त जानकारी दिएका हुन्।

">