काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न २३ प्रकारका व्यावसायिक फर्ममा अनुगमन गरेको छ।
विभागले दिएको जानकारीअनुसार उपत्यकाका अनलाइन, मार्ट, खाद्यान्न, मदिरा तथा सुर्तीजन्य, इलेक्ट्रिक र मिठाई पसलहरूमा अनुगमन गरेको हो।
त्यस क्रममा उपभोक्तालाई ठग्ने पसलहरूमाथि ४० हजार रूपैयाँ जरिवाना गरेको विभागले जनाएको छ। उनीहरूले बढी मूल्य लिने, खरिद बिल नराखेर उपभोक्तालाई ठग्ने गरेको पाइएको थियो।
यस्तै, विभागले म्याद सकिएका १० हजार ८५० रूपैयाँ बराबरका वस्तु नष्ट गरेको जानकारी दिएको छ।
" /> काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न २३ प्रकारका व्यावसायिक फर्ममा अनुगमन गरेको छ।विभागले दिएको जानकारीअनुसार उपत्यकाका अनलाइन, मार्ट, खाद्यान्न, मदिरा तथा सुर्तीजन्य, इलेक्ट्रिक र मिठाई पसलहरूमा अनुगमन गरेको हो।

">