काठमाडौं। पूर्वका व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा प्रदेशस्तरीय बुथको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकाल्दै देशभरका व्यवसायी उपत्यकामा जम्मा हुँदा कोरोना भाइरस संक्रमणको जोखिम थप बढ्ने बताएका छन्।
सोही कारण मंसिर १३ गते हुने निर्वाचनमा प्रदेशस्तरीय बुथ राख्न उनीहरूले माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमा मुलुकभरिका जिल्ला/नगर, वस्तुगत र एसोसिएट सदस्यहरू सहभागी हुँदा संक्रमणको जोखिम बढ्छ।”
हाल काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको जोखिम थप बढ्दै गइरहेको र संक्रमित बढिरहेको छ।
त्यसैले देशभरका व्यवसायी एकै ठाँउमा जम्मा हुँदा थप जोखिम बढ्ने भएकाले प्रत्येक प्रदेशमा निर्वाचनका बुथ राखेर प्रदेशस्तरीय निर्वाचन गर्ने व्यवस्था मिलाउन माग गरिएको छ।
" /> काठमाडौं। पूर्वका व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा प्रदेशस्तरीय बुथको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकाल्दै देशभरका व्यवसायी उपत्यकामा जम्मा हुँदा कोरोना भाइरस संक्रमणको जोखिम थप बढ्ने बताएका छन्।

">