बाँके। राष्ट्रिय गौरवको बबई सिञ्चाई आयोजनाले वर्दियाको पूर्वमा पश्चिममा गरी ३६ हजार हेक्टर वर्षैभरि सिञ्चाई सुविधा उपलब्ध गराउने गरी नहर निर्माणको काम तीव्रगतिमा अगाडि बढाएको छ।
बबई नदीको पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्वी भेगमा २१ हजार हेक्टर नहर निर्माण भएको आयोजनाका प्रमुख मधुकर रानाले बताए।
बर्दियाको कृषियोग्य जमीनलाई सिञ्चाई सुविधा उपलब्ध गराउने गरी संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको आर्थिक सहयोगमा आव २०४९/५० बाट परम्परागत रुपमा किसानद्वारा सञ्चालित बूढीकुलो, मझराकुलो, राजकुलो र धधवारकुलोमा सिञ्चाई बबई नदीको पानी नहरमार्फत पुयाउँदै आव २०७४/७५ मै आयोजना सम्पन्न गर्ने लक्ष्य थियो।
आयोजनाले गरेको नहर निमार्णमा विसं २०७१ तथा २०७४ मा आएको बाढीले नहरको संरचना भत्काएको थियो। अहिले ती भत्किएका संरचना र नयाँ संरचना थप गरी पश्चिमी मूल नहर गुलरियासम्म पुयाउने गरी काम भइरहेको रानाले बताए।
सिञ्चित क्षेत्र बचावटका लागि तटबन्धन निर्माण, शाखा उपशाखा नहरको आधुनिकीकरणलगायतका काम भइरहेको उनले बताए। आव २०७७÷७८ मा आयोजनाले नहर निर्माणमा १२ अर्ब ५६ करोड ८० हजारका खर्च गरिरहेको रानाले बताए।
आगामी वर्षसम्म गुलरिया नगरपालिकाको पर्वतीय मन्दिरसम्म नहर निर्माण गरिसक्ने लक्ष्य रहेको उनले बताए।
बबई सिञ्चाई आयोजनाले पूर्वतर्फ बाँकी रहेको करिब दुई किलोमिटर मूल नहर आधुनिकीकरण गरी ३४ किलोमिटर नहर निर्माण यो वर्ष सक्ने लक्ष्य छ। बबई नदीको बायाँतर्फको ६ वटा अति जोखिम क्षेत्रमा व्यवस्थित नदी नियन्त्रणका लागि सिञ्चित क्षेत्र र संरचना बचावटका लागि ठेक्का आह्वान भई मूल्याङ्कन चरण पूरा भएको रानाले बताए।
तीन किलोमिटर क्षेत्रमा बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षण तटबन्धन पुनःनिर्माण भइरहेको छ। पूर्व नहर प्रणालीको शाखा उपशाखा तथा विभिन्न संरचनाहरु निर्माण भइरहेको आयोजना प्रमुख रानाले बताए।
भेरी बबई डाइभर्सन पूरा भएपश्चात आयोजनाले सिञ्चित क्षेत्रको गर्नुपर्ने विभिन्न कामका लागि प्रक्रिया अगाडि बढाउन सरोकोरवाला निकायसँग छलफल तथा अन्तरक्रिया भएको बताएको छ।
बबई सिञ्चाई आयोजनाको भौतिक प्रगति यस वर्ष ७० प्रतिशत पुगेको छ। अहिलेसम्म मुआब्जा वितरणसमेत गरी ७५ करोड ६३ लाख ५५ हजार चालु आर्थिक वर्षसम्म खर्च गरिने रानाले जानकारी दिए।
बबई सिञ्चाई आयोजनाले अधिग्रहण गर्ने जग्गामा मूल्याङ्कनपश्चात मुआब्जा वितरण कार्य यस आवमै सम्पन्न गरिने उनले बताए।
गत आव २०७६/७७ मा ६१ प्रतिशत रहेको वितीय प्रगति ६० प्रतिशत रहेको थियो भने खर्च ८३ करोड ५२ लाख भएको थियो। बबई सिञ्चाई आयोजनाले सिञ्चाई गर्नुपर्ने ३६ हजार हेक्टरमध्ये २२ हजार ६०० हेक्टर जमीनमा सिञ्चाई पु¥याएको रानाले बताए। मूल नहर पश्चिमतर्फ ३४ किलोमिटर बनिसकेको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ सम्म नहर निर्माण गरेर ४३ किलोमिटर पु¥याउने लक्ष्य रहेको उनले बताए। आयोजनाको काम कोरोनाका कारण प्रभावित भएकाले आगामी माघदेखि मात्र पुनः शुरु गरिने बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। रासस
" /> बाँके। राष्ट्रिय गौरवको बबई सिञ्चाई आयोजनाले वर्दियाको पूर्वमा पश्चिममा गरी ३६ हजार हेक्टर वर्षैभरि सिञ्चाई सुविधा उपलब्ध गराउने गरी नहर निर्माणको काम तीव्रगतिमा अगाडि बढाएको छ।बबई नदीको पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्वी भेगमा २१ हजार हेक्टर नहर निर्माण भएको आयोजनाका प्रमुख मधुकर रानाले बताए।

">