काठमाडौं। रोयल बहुउदेश्यीय सहकारी संस्थाले एक सय रोपनी जग्गामा बहुउदेश्यीय कृषि परियोजना सञ्चालन गर्ने भएको छ।
भर्चुअल माध्यमबाट सम्पन्न भएको संस्थाको २३औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष भानुभक्त ढकालले एक सय रोपनी जग्गामा कृषि परियोजना सञ्चालन गर्ने तयारीमा रहेको बताए।
उनले भने, “काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुरमध्य कुनै जिल्लामा परियोजना सञ्चालन गर्न कम्तिमा एक सय रोपनी जग्गा खरीद गर्ने प्रक्रिया अगाडी बढाइसकेका छौं।”
त्यसैगरी, कार्यक्रममा बोल्दै संस्थाका प्रबन्ध निर्देशक सिताराम काफ्लेले अन्य सहकारी संस्थासँगको एकीकरण अभियानमा लागिएको जानकारी दिए।
उनले भने, “मणीपुर बचत तथा ऋण सहकारी संस्था र अर्वन बचत तथा ऋण सहकारी संस्थासँग एकिकरण सम्झौता भइसकेको छ।”
यसैगरी, अन्य संस्थाहरु पनि एकिकरण गरी वित्तिय सेवाका साथै कृषि उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण गर्ने र पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने बताए।
कार्यक्रमबाट संस्थाले आगामी दुई वर्ष भित्र प्रदेश १, २ र गण्डकी प्रदेशमा तथा आगामी ५ वर्षमा सातै वटा प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
संस्थाले कोभिड–१९ लाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट आफ्नो साधारण सभा सम्पन्न गरेको हो।
" /> काठमाडौं। रोयल बहुउदेश्यीय सहकारी संस्थाले एक सय रोपनी जग्गामा बहुउदेश्यीय कृषि परियोजना सञ्चालन गर्ने भएको छ।भर्चुअल माध्यमबाट सम्पन्न भएको संस्थाको २३औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष भानुभक्त ढकालले एक सय रोपनी जग्गामा कृषि परियोजना सञ्चालन गर्ने तयारीमा रहेको बताए।

">