ताप्लेजुङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडै सम्पन्न हुने जानकारी दिएका छन्।

फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यी दुई आयोजना जिल्लाको मात्रै नभई मुलुककै समृद्धि र विकाससँग जोडिएका हुँदा छिटोभन्दा छिटो सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए।

प्रतिनिधिसभा निर्वाचनमा तमोर करिडोर, ओलाङचुङगोला लोकमार्गको निर्माण र सुकेटार विमानस्थलको स्तरोन्नति लगायतका विकासका पूर्वाधार उनका उच्च प्राथमिकतामा परेका थिए।

मन्त्री भट्टराईले तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुरुप प्रभावकारी काम गर्न सकेमात्र समृद्ध नेपाल निर्माणको अभियानले गति लिने जनाउँदै सोहीअनुरुप काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह गरे।

जिल्लाको सबैभन्दा विकट मानिने फक्ताङलुङ चीनको सीमा जोडिएको गाउँपालिका हो। यो गाउँपालिकामा पर्ने साविकको ओलाङचुङगोला गाविस चीनसँग जोडिएको छ।

ओलाङचुङगोलास्थित टिपताला नाका हुँदै चीनको तिब्बत जोड्ने उत्तर दक्षिण लोकमार्ग आयोजना निर्माणाधीन छ। यो सडक आयोजना जोडिन करिब ८ किलोमिटर बाँकी रहेको ओलाङचुङगोला-७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। व्यापारिक दृष्टिकोणले यो सडक आयोजना महत्त्वपूर्ण रहेको उनकाे भनाइ छ।

गृहजिल्लाका जनताको गुनासो सुन्न, विभिन्न आयोजनाको अनुगमन तथा अवलोकन गर्न तथा जनप्रतिनिधिहरुसँग छलफल गर्न शुक्रबार यहाँ आएका मन्त्री भट्टराईले आज नै फक्ताङलुङ गाउँपालिका-३ मा पर्ने सिँवा माध्यामिक विद्यालयमा स्थापित सूचना प्रविधि प्रयोगशालाको शुभारम्भ गरेका थिए। आजै उनले तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाकोसमेत अवलोकन गरेका थिए। रासस

" /> ताप्लेजुङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडै सम्पन्न हुने जानकारी दिएका छन्।

फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यी दुई आयोजना जिल्लाको मात्रै नभई मुलुककै समृद्धि र विकाससँग जोडिएका हुँदा छिटोभन्दा छिटो सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए।

प्रतिनिधिसभा निर्वाचनमा तमोर करिडोर, ओलाङचुङगोला लोकमार्गको निर्माण र सुकेटार विमानस्थलको स्तरोन्नति लगायतका विकासका पूर्वाधार उनका उच्च प्राथमिकतामा परेका थिए।

मन्त्री भट्टराईले तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुरुप प्रभावकारी काम गर्न सकेमात्र समृद्ध नेपाल निर्माणको अभियानले गति लिने जनाउँदै सोहीअनुरुप काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह गरे।

जिल्लाको सबैभन्दा विकट मानिने फक्ताङलुङ चीनको सीमा जोडिएको गाउँपालिका हो। यो गाउँपालिकामा पर्ने साविकको ओलाङचुङगोला गाविस चीनसँग जोडिएको छ।

ओलाङचुङगोलास्थित टिपताला नाका हुँदै चीनको तिब्बत जोड्ने उत्तर दक्षिण लोकमार्ग आयोजना निर्माणाधीन छ। यो सडक आयोजना जोडिन करिब ८ किलोमिटर बाँकी रहेको ओलाङचुङगोला-७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। व्यापारिक दृष्टिकोणले यो सडक आयोजना महत्त्वपूर्ण रहेको उनकाे भनाइ छ।

गृहजिल्लाका जनताको गुनासो सुन्न, विभिन्न आयोजनाको अनुगमन तथा अवलोकन गर्न तथा जनप्रतिनिधिहरुसँग छलफल गर्न शुक्रबार यहाँ आएका मन्त्री भट्टराईले आज नै फक्ताङलुङ गाउँपालिका-३ मा पर्ने सिँवा माध्यामिक विद्यालयमा स्थापित सूचना प्रविधि प्रयोगशालाको शुभारम्भ गरेका थिए। आजै उनले तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाकोसमेत अवलोकन गरेका थिए। रासस

"> ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोर उच्च प्राथमिकतामा: Dekhapadhi
ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोर उच्च प्राथमिकतामा
ताप्लेजुङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडै सम्पन्न हुने जानकारी दिएका छन्।

फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यी दुई आयोजना जिल्लाको मात्रै नभई मुलुककै समृद्धि र विकाससँग जोडिएका हुँदा छिटोभन्दा छिटो सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए।

प्रतिनिधिसभा निर्वाचनमा तमोर करिडोर, ओलाङचुङगोला लोकमार्गको निर्माण र सुकेटार विमानस्थलको स्तरोन्नति लगायतका विकासका पूर्वाधार उनका उच्च प्राथमिकतामा परेका थिए।

मन्त्री भट्टराईले तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुरुप प्रभावकारी काम गर्न सकेमात्र समृद्ध नेपाल निर्माणको अभियानले गति लिने जनाउँदै सोहीअनुरुप काम गर्न सबै जनप्रतिनिधिलाई आग्रह गरे।

जिल्लाको सबैभन्दा विकट मानिने फक्ताङलुङ चीनको सीमा जोडिएको गाउँपालिका हो। यो गाउँपालिकामा पर्ने साविकको ओलाङचुङगोला गाविस चीनसँग जोडिएको छ।

ओलाङचुङगोलास्थित टिपताला नाका हुँदै चीनको तिब्बत जोड्ने उत्तर दक्षिण लोकमार्ग आयोजना निर्माणाधीन छ। यो सडक आयोजना जोडिन करिब ८ किलोमिटर बाँकी रहेको ओलाङचुङगोला-७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। व्यापारिक दृष्टिकोणले यो सडक आयोजना महत्त्वपूर्ण रहेको उनकाे भनाइ छ।

गृहजिल्लाका जनताको गुनासो सुन्न, विभिन्न आयोजनाको अनुगमन तथा अवलोकन गर्न तथा जनप्रतिनिधिहरुसँग छलफल गर्न शुक्रबार यहाँ आएका मन्त्री भट्टराईले आज नै फक्ताङलुङ गाउँपालिका-३ मा पर्ने सिँवा माध्यामिक विद्यालयमा स्थापित सूचना प्रविधि प्रयोगशालाको शुभारम्भ गरेका थिए। आजै उनले तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाकोसमेत अवलोकन गरेका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्