१७ कराेड लागतमा कालाेपत्रे भयाे भोजपुर-टक्सार विमानस्थल सडक, मुख्यमन्त्रीले गरे उद्घाटन

भोजपुर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको कालोपत्र सडकको आज उद्घाटन गरेका छन्।

जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको १६ करोड ९२ लाख लागतमा सो सडक कालोपत्र गरिएको हो।

रायामाझी–जगदम्बा–मार्सेली जेभिले निर्माण गरेको यो सडकको लम्बाइ पाँच किलोमिटर रहेको छ । कालोपत्रको मोटाइ चार सेन्टिमिटर भएको जनाइएको छ।

मुख्यमन्त्री राईले २०७६ वैशाख ७ गते उक्त सडकको शिलान्यास गरेका थिए।

मुख्यमन्त्री राईले प्रदेश सरकारको पाँच करोड दुई लाख ६८ हजार लागतमा निर्माण हुने भोजपुर सभाहल, तीन करोड लागतमा बन्न लागेको यलम्बर सभाहल र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको उद्घाटन समेत गरेका छन्। यस कार्यालयले भोजपुर र संखुवासभालाई सेवा दिने बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्