काठमाडौं। कोरोना भाइरसको महामारीका कारण माग घट्दा तिहारमा सबैभन्दा बढी खपत हुने भाइ मसलाको मूल्य सस्तिएको छ।
नेपाल खुद्रा व्यापार संघका अनुसार महामारीका कारण बिक्री घट्दा मूल्यमा गिरावट आएको हो।
संघले दिएको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष भाइ मसलाको मूल्य प्रतिकिलो ५०० रूपैयाँसम्म सस्तिएको छ।
संघका अध्यक्ष राजकुमार श्रेष्ठले होटल/रेस्टुरेण्ट बन्द हुँदा मसलाको माग घटेको बताए। उनका अनुसार काजु किसमिस, छोकडा, बदामजस्ता वस्तुको खपत होटलमा सबैभन्दा बढी हुने गर्छ।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन र निषेधाका कारण लामो समय होटल/रेस्टुरेण्टहरू बन्द भए।
लकडाउन र निषेधाज्ञा खुलेसँगै होटल तथा रेस्टुरेण्ट खुलेपछि पनि राम्रोसँग चलेका छैनन्। जसका कारण, होटल र रेस्टुरेण्टमा भाइ मसलामा प्रयोग हुने वस्तुको माग घटेको संघको भनाइ छ।
बिक्री घटेपछि अघिल्लो सालमा आयात गरिएको भाइ मसलाको ‘स्टक क्लियरेन्स’ गर्नका लागि पनि व्यापारीले मूल्य घटाएका छन्।
नेपालमा हरेक वर्ष भारत, थाइल्याण्ड, भियतनाम, चीन, खाडी मुलुक र अमेरिकाबाट भाइ मसलाका लागि प्रयोग हुने वस्तुहरूको आयात हुँदै आएको छ।
कुन वस्तुको आयात कति?
हिन्दूहरूको महान चाड दसैँ र तिहारमा अन्य वस्तुजस्तै विभिन्न प्रकारका मिठाई तथा फलफूल बढी खपत हुने गर्छ।
दसैँमाभन्दा तिहारमा बढी वस्तु खपत हुने हुँदा व्यापारीहरूले असोजसम्म तिहारलाई आवश्यक पर्ने वस्तुहरू प्रशस्त मात्रामा ल्याइसकेका छन्।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म सात करोड ४६ लाख रूपैयाँ बराबरको नरिवल आयात भएको छ।
यस्तै, ३६ करोडको काजु, २८ करोडको बदाम र तीन करोड रूपैयाँ बराबरको चेरी आयात भइसकेको छ।
कुन वस्तुको मूल्य कति घट्यो?
महामारीको समयमा ब्यापार घटेपछि सबैजसो वस्तुको मूल्य घटेको छ। यस अवधिमा भारतीय सुपारीबाहेक भाइ मसलामा प्रयोग हुने अन्य सबै वस्तुको मूल्य घटेको हो।
भारतीय सुपारीको मूल्य भने बढेको छ। गत वर्षको तिहारमा ६५० रूपैयाँ प्रतिकेजीमा बिक्री भएको भारतीय सुपारी यो वर्ष बढेर ९०० रूपैयाँ पुगेको छ।
त्यसबाहेक अन्य सबै वस्तुको मूल्य प्रतिकेजी २० देखि ५०० रूपैयाँसम्म घटेको छ। सुकमेलको मूल्य किलोमा ५०० रूपैयाँसम्म घटेको छ।
अघिल्लो वर्ष प्रतिकेजी पाँच हजार ५०० रूपैयाँमा पाइने सुकमेल यो वर्ष किलोमा पाँच हजार रूपैयाँ पर्ने व्यापार संघले बताएको छ।
यस्तै, ल्वाङको मूल्य पनि प्रतिकेजी ५०० रूपैयाँले नै घटेको छ।
यस्तो छ गत वर्ष र यो वर्षको तुलनात्मक मूल्य सूची:
" /> काठमाडौं। कोरोना भाइरसको महामारीका कारण माग घट्दा तिहारमा सबैभन्दा बढी खपत हुने भाइ मसलाको मूल्य सस्तिएको छ।

">