वीरगञ्ज। बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसीपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई एक करोड ६८ लाख रुपैयाँ जरिवाना गरेको व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ।
तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सो सडक खण्डको निर्माण कार्यको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेकाले युनाइटेड विल्डर्सलाई कारबाहीस्वरुप उक्त रकम जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर विवेक झाले बताए।
पथलैया वीरगञ्ज व्यापारिक मार्ग नामाकरण गरी दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण थालेको थियो। सङ्घीय सरकारको साढे पाँच अर्बको लगानीमा सो सडकखण्डको ठेक्का लिएका युनाइटेड विल्डर्सले भुक्तानीसमेत लिएर समयमा काम नगरेकाले उक्त कारबाही गरिएको सूचना अधिकारी झाको भनाइ छ। ठेक्का सम्झौता भई समयमा निर्माण कार्य सम्पन्न नभएपछि चार-चार पटक पुनः म्याद थपिए पनि तोकिएको समयमा काम सम्पन्न नगरेकाले बाध्य भएर सरकारले कारवाही प्रक्रिया अघि बढाएको अर्का इन्जिनियर सम्पतलाल दासले बताए।
सो व्यापारिक मार्ग चार वर्षअघि नै सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न हुन नसक्दा वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायी प्रभावित हुँदै आएको छ। यता वीरगञ्ज पथलैया सडकखण्डको परवानीपुरसम्म सडक बनाउने ठेक्का पाएका पप्पु कन्स्ट्रक्सनले ठेक्का नम्बर १ अन्तर्गतको काम सम्पन्न नगरी अटेर गरेकाले कारबाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ। कारबाही प्रक्रिया रोक्नका लागि पप्पुले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा हालेको सो कार्यालयले जनाएको छ।
“कालोसूचीमा रहेका पप्पु कन्स्ट्रक्सनले आफू पनि काम नगर्ने र अरुलाई पनि काम गर्न दिँदैन। राजनीतिक आडमा बाधा अवरोध खडा गर्ने गरेको छ,” कार्यालयका कर्मचारीको भनाइ छ। सो सडकको निर्माण गर्ने ठेक्का पाएका अन्य ठेकेदार कम्पनीमध्ये केहीले बाटोमा खाल्डाखुल्डी बनाएर अलपत्र छाडेपछि सो सडकमा मालबाहक गाडीलाई आवतजावत गर्नमा कठिनाइ हुनुका साथै धुलो उड्दा यात्रुहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ।
समग्रमा सो व्यापारिक मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भए पनि बाँकी काम असार मसान्तसम्ममा पूरा नगरे ठेक्का पाएका अन्य ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाउने योजना प्रमुख मनिषकुमार साहले बताए। बढ्दो सवारी चापलाई मध्यनजर गर्दै उक्त दुई लेन सडकको विस्तार गरी ६ लेनको सडक निर्माण गर्न थालिएको छ।
यस क्षेत्रमा सबैभन्दा बढी सवारी चाप रहेकाले सो सडकको निर्माण भएपछि औद्योगिक करिडोरमा सवारीसाधनको चाप घट्ने तथा उद्योगी व्यापारीलाई आफ्नो सामान ओसारपसार गर्न सजिलो हुने छन्। पथलैयादेखि आइसीपीसम्म दुई खण्डमा निर्माण भइरहेको सो व्यापारिक सडकमा तीन वटा पुल निर्माण भइरहेको छ। सो सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा सवारीसाधनको चापले दुर्घटना हुने, बाटो हिँड्ने यात्रुलाई स्वास्थ्यमा प्रतिकूल असर परी श्वासप्रश्वास रोगको शिकार हुने, सडक वारपार गर्न समस्या हुने भएकाले समयमै सडक निर्माण गर्न यस क्षेत्रका बासिन्दाको माग छ। रासस
" /> वीरगञ्ज। बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसीपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई एक करोड ६८ लाख रुपैयाँ जरिवाना गरेको व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ।तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सो सडक खण्डको निर्माण कार्यको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेकाले युनाइटेड विल्डर्सलाई कारबाहीस्वरुप उक्त रकम जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर विवेक झाले बताए।

">