काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरकारले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई आइतबार साँझबाट लागू हुनेगरी निमित्त कार्यकारीको जिम्मेवारी दिएको हो।
शाक्यले आइतबार साँझ मन्त्रालयबाट निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको पत्र बुझेपछि सोमबारबाट कार्यभार सम्हालेका छन्। शाक्य यसअघि प्राधिकरणको इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका थिए।
कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्तको जिम्मेवारी पाएका थिए।
तर, शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले शाक्यलाई काजमा प्राधिकरण फिर्ता बेलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। शाक्य तीन वर्षअघि एनईए इन्जिनियरिङको जिम्मेवारीमा गएका थिए। उपकार्यकारी निर्देशकहरूमध्ये शाक्य सबैभन्दा सिनियर हुन्।
यसअघि भदौं २९ गते घिसिङको कार्यकाल सकिएपछि शाक्यले नै कार्यकारी निर्देशकको जिम्मेवारी पाउने चर्चा थियो। तर, घिसिङले दोहर्याउने इच्छा प्रकट गर्नुका साथै उनलाई दोहर्याउनुपर्ने भन्दै सर्वसाधारणबाट दबाब आएपछि सरकारले तत्काल कुनै निर्णय गरेको थिएन।
प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङसहित विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्राधिकरणका पूर्वसञ्चालक कृष्णप्रसाद दुलाल तथा शाक्यको नाम चर्चामा थियो।
" /> काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरकारले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई आइतबार साँझबाट लागू हुनेगरी निमित्त कार्यकारीको जिम्मेवारी दिएको हो।

">