काठमाडौं। एप्पलले मंगलबार राति एक विशेष इभेन्टको आयोजना गरेर नयाँ म्याकबुक्स लञ्च गरेको छ।
लामो समयदेखि म्याकबुक्समा इन्टेल प्रोसेसरको प्रयोग गरिरहेको एप्पलले नयाँ म्याकबुक्समा आफैंले निर्माण गरेको प्रोसेसर राखेको छ।
एप्पलको यो इन हाउस प्रोसेसरलाई एप्पलले एम१ नाम दिएको छ, जुन एआरएम बेस्ड प्रोसेसर हो। एप्पल एम१ को प्रयोग गरेर निर्माण भएका म्याकबुक प्रो १३ इञ्च, म्याकबुक एअर र म्याक मिनी लञ्च गरेको हो।
जुनमा भएको वर्ल्ड वाइड डेभ्लोपर कन्फरेन्स नै एप्पलले कम्पनी आफ्नै प्रोसेसर निर्माण गरिरहेको भए पनि तत्कालै इन्टेल प्रोसेसरको प्रयोग भने बन्द नगर्ने बताएको थियो।
एप्पलको पहिलो एप्पल एम१ मा ८ कोर्स दिइएको छ। जसमा चारवटा हाइ पावर र बाँकी चारवटा पावर इपिसिएन्सी कोर रहेका छन्। यसका साथै इमेज सिग्नल प्रोसेसर र कस्टम जीपीयू पनि दिइएको छ।
कम्पनीले बताएअनुसार यसमा न्युरल इञ्जन र सेक्युर्ड इन्क्लेभ पनि दिइएको छ। यो कम्पनीले ५ न्यानोमिटर प्रोसेसमा तयार गरेको छ।
भारतमा एप्पलको एम१ चिपसेटसहितको म्याकबुक एअर २५६ जीबी भेरियन्टको मूल्य ९२ हजार ९०० भारू कायम गरिएको छ। र, ५१२ जीबी एसएसडी भेरियन्ट एक लाख १७ हजार ९०० भारूमा उपलब्ध हुनेछ। नेपालमा भने म्याकबुक एअर २५६ जीबी भेरियन्टको मूल्य एक लाख ४८ हजार र ५१२ जीबी भेरियन्टको मूल्य एक लाख ८८ हजारको हाराहारीमा हुन सक्ने छ।
त्यस्तै नेपालमा म्याकबुक प्रो १३ इन्च, २५६ जीबी भेरियन्टको मूल्य एक लाख ९६ हजारको हाराहारीमा हुनेछ भने ५१२ भेरियन्टको मूल्य २ लाख २८ हजारको हाराहारीमा हुन सक्छ।
हिजो नै सार्वजनिक भएको म्याक मिनीको मूल्य २५६ जीबी भेरियन्टमा एक लाख तीन हजार तथा ५१२ जीबी भेरियन्टमा एक लाख ३५ हजारको हाराहारीमा हुनेछ। यसको पनि इन्टेल प्रोसेसर भेरियन्टमा पनि बिक्री जारी रहने कम्पनीले बताएको छ।
एप्पलको एम१ चिपसेटमा के विशेष छ ?
लञ्च इभेन्टका क्रममा एप्पलका सिइओ टिम कुकले चिपसेटको बारेमा धेरै कुरा बताए। दशकौंदेखि आइफोन आफ्नै प्रोसेसरसहित बिक्री गरिरहे पनि म्याकका लागि आफ्नै प्रोसेसर बनाउन एप्पललाई लामो समय लाग्यो।
गत वर्ष बिक्री भएका ९८ प्रतिशत ल्यापटपको तुलनामा एप्पल एम१ बेस्ड म्याकबुक फास्ट हुने कम्पनीले दाबी गरेको छ। गत वर्ष बिक्री भएको एप्पल म्याकबुक एअरको तुलनामा ३.५ गुणा छिटो र ५ गुणा उत्कृष्ट ग्राफिक्स पर्फर्मेन्स पाइने कम्पनीले बताएको छ।
एप्पल एम१ मा ८ कोर्स दिइएको छ। र, एप्पलले यो दुनियाँको सबैभन्दा छिटो काम गर्ने सीपीयू भएको दाबी गरेको छ। यसको विशेषता के छ भने, यसले ल्यापटपको ब्याक स्पिड बढ्छ। यो प्रोसेसरको प्रयोगसँगै म्याकबुकको ब्याट्रीलाइफ पनि धेरै हुने कम्पनीले दाबी गरेको छ।
एप्पलले वायरलेस वेब ब्राउजिङमा १५ घण्टा र भिडिओ प्लेब्याकमा १८ घण्टा ब्याकअप हुनेछ। नयाँ म्याकबुकमा फ्यान नभएकाले शान्त भएर चल्ने छ।
डिजाइनमा धेरै परिवर्तन गरेको एप्पलले म्याकबुक एअरमा १३.३ इञ्चको २५६०×१६०० रेटिना डिस्प्ले दिइएको छ। ब्याकलाइट म्याजिक किबोर्ड राखिएको एअरले १६ जीबीसम्म र्याम र २ टीबीसम्म स्टोरेज सपोर्ट गर्नेछ।
कनेक्टिभिटीका लागि हेडफोन ज्याक, वाइफाइ ६, थन्डरबोल्ट ३ र यूएसबी ३.१ दिइएको छ। यसका साथै ७२० पी क्यामेरा दिइएको छ। कम्पनीले एम१ वेस्ड म्याक ओएस बिग सर को प्रयोगले अझ उत्कृष्ट पर्फर्मेन्स दिने दाबी गरेको छ।
" /> काठमाडौं। एप्पलले मंगलबार राति एक विशेष इभेन्टको आयोजना गरेर नयाँ म्याकबुक्स लञ्च गरेको छ।लामो समयदेखि म्याकबुक्समा इन्टेल प्रोसेसरको प्रयोग गरिरहेको एप्पलले नयाँ म्याकबुक्समा आफैंले निर्माण गरेको प्रोसेसर राखेको छ।

">