नेप्से परिसूचक १७ सय नाघ्यो

काठमाडौं। सेयर बजारमा आज पनि हरियाली छाएको छ।

सेयर बजारमा हिजो देखिएको सुधार आज पनि कायम रहेर सेयर कारोबार मापक नेप्से परिसूचक २८.२९ अंकले बढेर १७ सय सात दशमलव ६७ अंक पुगेको छ।

मंगलबार करिब २६ अंकले शेयर बजार उकालो लागेको थियो।

त्यसैगरी, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशतले बढेको छ।

दिनभर भएका ३६ हजार ८ सय ९३ कारोबारबाट १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका हुँदा एक अर्ब नौ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ।

नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये फाइनान्स भने २ अंकले घटेको छ। यस बाहेक सबै उपसमूहहरुमा हरियाली छाएको छ।

आज नेपाल टेलिकमको सबैभन्दा धेरै २५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यसैगरी, हिमालयन डिष्टिलरी १८ करोड ८६ लाख, एनआईसी एशिया बैंकको १५ करोड ६५ लाख, नागरिक लगानी कोषको १५ करोड ४५ लाख, नेपाल लाइफको १५ करोड १५ लाख, र नेपाल रि इन्सयोरेन्सको १५ करोड १० लाखको कारोबार भएको छ।

शिवम् सिमेन्ट, अपि पावर, शिखर इन्स्योरेन्स, र सूर्या लाइफ सबैभन्दा धेरै काराेबार हुने मध्येमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्