इलाम। कोरोना महामारीको असर चिज उद्योगमासमेत परेको छ। महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन्।
विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए। नेपालका मुख्य बजारहरुमा कोरोनाका सङ्क्रमितहरु बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ।
लकडाउन र महामारीको सुरुआती अवस्था अर्थात चार महिना खासै असर नभोगेका चिज उद्योगीहरुलाई पर्यटनको सिजन सुरु भएसँगै बिक्रीमा समस्या भएको उनले बताए। चिज विदेशी पर्यटकहरुले रुचाउने परिकार हो। मुख्य सहरमा सङ्क्रमण बढ्दै जानु र पर्यटकको आगमन शून्य भएपछि गोदाममा थन्क्याउनुको विकल्प नभएको उद्योगीहरुको भनाइ छ।
इलाममा वार्षिक २० करोड रुपैयाँभन्दा बढीको चिज उत्पादन हुने गरेको छ। व्यावसायिकरूपमा दूध उत्पादन गर्दै आएका इलामका कृषक र दुग्धजन्य सामग्रीको उत्पादन गर्ने उद्योग प्रत्यक्ष समस्यामा परेका छन्। निजीस्तरबाट सञ्चालित डेरी, चिज, छुर्पीलगायत उद्योग बन्द भएका छन्। यी उद्योगमा दूधको खपत धेरै हुने गरेको थियो।
कोरोनाका कारण देशकै ठूलो इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र बन्द छ। तीन हजार लिटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा कोरोनाअघि दूध सङ्‍कलन हुने गरेको थियो तर कोरोना सुरु भएसँगै जिल्लामा सञ्चालित अन्य सरकारी चिज उद्योगसमेत बन्द गरिएको छ।
जिल्लामा एक दर्जनभन्दा बढी सरकारी र निजी चिज उद्योग सञ्चालनमा रहेका छन्। विशेष गरेर जिल्लामा माथिल्लो भेगमा चिज उत्पादन गर्ने गरिन्छ। जिल्लाको बाघखोर, देउराली, पशुपतिनगर, नयाँबजारलगायतका ठाउँमा व्यावसायिकरूपमा चिज उत्पादन हुने गरेको छ। रासस
" /> इलाम। कोरोना महामारीको असर चिज उद्योगमासमेत परेको छ। महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन्।
विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए। नेपालका मुख्य बजारहरुमा कोरोनाका सङ्क्रमितहरु बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ।
लकडाउन र महामारीको सुरुआती अवस्था अर्थात चार महिना खासै असर नभोगेका चिज उद्योगीहरुलाई पर्यटनको सिजन सुरु भएसँगै बिक्रीमा समस्या भएको उनले बताए। चिज विदेशी पर्यटकहरुले रुचाउने परिकार हो। मुख्य सहरमा सङ्क्रमण बढ्दै जानु र पर्यटकको आगमन शून्य भएपछि गोदाममा थन्क्याउनुको विकल्प नभएको उद्योगीहरुको भनाइ छ।
इलाममा वार्षिक २० करोड रुपैयाँभन्दा बढीको चिज उत्पादन हुने गरेको छ। व्यावसायिकरूपमा दूध उत्पादन गर्दै आएका इलामका कृषक र दुग्धजन्य सामग्रीको उत्पादन गर्ने उद्योग प्रत्यक्ष समस्यामा परेका छन्। निजीस्तरबाट सञ्चालित डेरी, चिज, छुर्पीलगायत उद्योग बन्द भएका छन्। यी उद्योगमा दूधको खपत धेरै हुने गरेको थियो।
कोरोनाका कारण देशकै ठूलो इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र बन्द छ। तीन हजार लिटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा कोरोनाअघि दूध सङ्‍कलन हुने गरेको थियो तर कोरोना सुरु भएसँगै जिल्लामा सञ्चालित अन्य सरकारी चिज उद्योगसमेत बन्द गरिएको छ।
जिल्लामा एक दर्जनभन्दा बढी सरकारी र निजी चिज उद्योग सञ्चालनमा रहेका छन्। विशेष गरेर जिल्लामा माथिल्लो भेगमा चिज उत्पादन गर्ने गरिन्छ। जिल्लाको बाघखोर, देउराली, पशुपतिनगर, नयाँबजारलगायतका ठाउँमा व्यावसायिकरूपमा चिज उत्पादन हुने गरेको छ। रासस
"> काेराेना महामारीका कारण गोदाममै थन्कियाे चिज, समस्यामा उद्याेगी: Dekhapadhi महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन्।
• कोरोनाका कारण देशकै ठूलो इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र बन्द छ।
• मुख्य सहरमा सङ्क्रमण बढ्दै जानु र पर्यटकको आगमन शून्य भएपछि गोदाममा थन्क्याउनुको विकल्प नभएको उद्योगीहरुको भनाइ।
काेराेना महामारीका कारण गोदाममै थन्कियाे चिज, समस्यामा उद्याेगी
इलाम। कोरोना महामारीको असर चिज उद्योगमासमेत परेको छ। महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन्।
विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर राख्न बाध्य भएको सूर्योदय नगरपालिकामा रहेको लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङले बताए। नेपालका मुख्य बजारहरुमा कोरोनाका सङ्क्रमितहरु बढ्दै जान थालेपछि इलाममा करोडौँ रुपैयाँ भित्र्याउने चिज उद्योगले असर भोगिरहेको छ।
लकडाउन र महामारीको सुरुआती अवस्था अर्थात चार महिना खासै असर नभोगेका चिज उद्योगीहरुलाई पर्यटनको सिजन सुरु भएसँगै बिक्रीमा समस्या भएको उनले बताए। चिज विदेशी पर्यटकहरुले रुचाउने परिकार हो। मुख्य सहरमा सङ्क्रमण बढ्दै जानु र पर्यटकको आगमन शून्य भएपछि गोदाममा थन्क्याउनुको विकल्प नभएको उद्योगीहरुको भनाइ छ।
इलाममा वार्षिक २० करोड रुपैयाँभन्दा बढीको चिज उत्पादन हुने गरेको छ। व्यावसायिकरूपमा दूध उत्पादन गर्दै आएका इलामका कृषक र दुग्धजन्य सामग्रीको उत्पादन गर्ने उद्योग प्रत्यक्ष समस्यामा परेका छन्। निजीस्तरबाट सञ्चालित डेरी, चिज, छुर्पीलगायत उद्योग बन्द भएका छन्। यी उद्योगमा दूधको खपत धेरै हुने गरेको थियो।
जिल्लामा एक दर्जनभन्दा बढी सरकारी र निजी चिज उद्योग सञ्चालनमा रहेका छन्। विशेष गरेर जिल्लामा माथिल्लो भेगमा चिज उत्पादन गर्ने गरिन्छ। जिल्लाको बाघखोर, देउराली, पशुपतिनगर, नयाँबजारलगायतका ठाउँमा व्यावसायिकरूपमा चिज उत्पादन हुने गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्