काठमाडौं। गत वर्षको चैतदेखि सुस्ताएको सुन चाँदीको व्यापार तिहारमा चम्किएको छ। धनतेरस र लक्ष्मी पुजाका कारण सुनचाँदीको व्यापारमा झण्डै नौ महिनापछि चमक आएको हो।
विश्वव्यापी रूपमा फैलिन सुरू भएको कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि गत वर्षकाे चैत ११ देखि लकडाउन भएको थियो। त्यसअघि देखि नै घट्न थालेको सुनचाँदीको व्यापार त्यसयता पूर्णरूपमा ठप्प छ।
तर, तिहारको समयमा धनतेरसको दिन किनेका धातुका सामान लक्ष्मीलाई चढाउँदा लक्ष्मी प्रसन्न हुने र प्रशस्त मात्रामा धन लाभ हुने विश्वास छ। सोहीअनुसार धनतेरस र लक्ष्मी पुजाको दिन मानिसहरुले सुनचाँदीका तयारी गहना, सिक्का, मूर्ति र पुजाका सामाग्री किन्छन्।
त्यसैले, शुक्रबार धनतेरसको दिन र शनिबार लक्ष्मी पुजाको दिन देशभरका सुनचाँदी पसलमा ग्राहकको भिडभाड लागेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार र शनिबार गरी देशभरबाट ३०/३५ किलो सुन बिक्री भएको छ। यस्तै, दुई दिनको अवधिमा ८०० देखि एक हजार किलोसम्म चाँदी बिक्री भएको महासंघको अनुमान छ।
महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले तिहारकाे मुखमा सुनचाँदीको मूल्य घटेका कारण बिक्री बढेको बताए। उनले यो वर्षको तिहारमा गत वर्षको तुलनामा २५ प्रतिशतमात्रै बिक्री हुने अनुमान गरिए पनि बिक्री बढेको जानकारी दिए।
“हाम्रो अनुमान विपरित तिहारमा ३५/४० प्रतिशतले सुनचाँदीको व्यापार बढ्यो”, उनले भने, “धनतेरस र लक्ष्मी पुजाको दिनको तुलना गर्दा गत वर्षको तुलनामा ५० प्रतिशत हुन आउँछ।”
महासंघका महासचिव धुव्रराज बज्राचार्यले गत वर्षको तिहारमा एक सय किलोभन्दा बढी सुन र दुई हजार किलो चाँदी बिक्री भएको स्मरण गरे। तर, यो वर्ष कोभिडका कारण गत वर्षको तुलनामा व्यापार घटेको उनको भनाई छ।
व्यापार तत्काल सामान्य अवस्थामा फर्किदैन
कोभिड–१९ विरूद्धको भ्याक्सिन नबनेसम्म सुनचाँदीको व्यापारले गति लिन नसक्ने महासंघको अनुमान छ। तिहार लगत्तै आउने विहेको सिजनमा समेत सुनचाँदीको व्यापार नबढ्ने व्यवसायीहरुको भनाई छ।
पूर्वअध्यक्ष शाक्यले यो वर्ष कोभिडका कारण धेरै बिहे नहुने भन्दै त्यसको असर सुनचाँदीको बजारमा पर्ने बताए। उनले लकडाउन अघिदेखि नै ओरालो लागेको सुनको बजार मंसिरमा पनि गत वर्षकोभन्दा ७० प्रतिशतसम्म व्यापार घट्ने अनुमान लगाए।
यस्तै, महासचिव बज्राचार्यले सुनचाँदीको व्यापार पुरानै अवस्थामा आउन कोभिड नियन्त्रण हुनै पर्ने बताए। “कोभिडका कारण सुनको भाउ प्रतितोला २० हजार रुपैयाँसम्म उकालो लागेको छ”, बज्राचार्यले भने, “कोभिड नियन्त्रण भएपछि त्यो पुरानै अवस्थामा आउँछ। तयसपछि मात्रै व्यापार बढ्न सक्छ।”
कोभिडको भ्याक्सिन बनेर सफल भएमा सुनको भाउ तोलामा ७० हजार रुपैयाँसम्म आइपुग्ने उनको अनुमान छ।
सुनको मूल्य बढ्दै गएको समयमा कोरोना भाइरसका कारण मध्यमवर्गीय परिवारको आर्थिक अवस्था धरासायी बनेकाले पनि सुनचाँदीको व्यापार तत्काल नबढ्ने देखिन्छ।
कोभिड नियन्त्रणमा आइसकेर सुनको भाउ पुरानै अवस्थामा फर्किएमा र मध्यमवर्गीय मानिसको आर्थिक अवस्था सुधार भएमा मात्रै सुनचाँदीको कारोबारले गति लिने महासंघले बताएको छ।
" /> काठमाडौं। गत वर्षको चैतदेखि सुस्ताएको सुन चाँदीको व्यापार तिहारमा चम्किएको छ। धनतेरस र लक्ष्मी पुजाका कारण सुनचाँदीको व्यापारमा झण्डै नौ महिनापछि चमक आएको हो।विश्वव्यापी रूपमा फैलिन सुरू भएको कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि गत वर्षकाे चैत ११ देखि लकडाउन भएको थियो। त्यसअघि देखि नै घट्न थालेको सुनचाँदीको व्यापार त्यसयता पूर्णरूपमा ठप्प छ।

">