काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कीर्तिमानी कारोबार भएको छ।
कारोबार सुरू भएदेखि नै उतारचडाव भइरहेको नेप्से बन्द हुने समयसम्ममा ६ अर्ब ९० करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
यस क्रममा४.६९ अंकले बडेको नेप्सेमा एक करोड ५९ लाख कित्ता सेयर किनबेच भएको छ।
गत साताको बिहीबार कारोबार रकमको कीर्तिमान तोडिँदै आज नयाँ रेकर्ड बनेको हो।
विहीबार नेप्सेमा ६ अर्ब ११ करोड रूपैयाँ बराबरको कारोबार भई एक करोड ४० लाख कित्ता सेयर किनबेच भएको थियो।
कारोबार भएकामध्ये जम्मा तीन समूह उकालो लाग्दा नेप्से परिसूचक एकल अंकले बढेको हो।
बैंकिङ २९.४४, विकास बैंक ०.६४ र अन्य समूह १.३५ अंकले उकालो लागेका छन्।
यी बाहेक अन्य सबै समूह ओरालो लागेका छन्। जसमध्ये जीवन बीमा समूह २७८.८१ अंकले घटेको छ।
यस्तै, निर्जीवन बीमा कम्पनी समूह २४३ र व्यापार समूह १२४ अंकले ओरालो लागेका छन्।
नेप्से परिसूचक बढेको दिन आज सिटिजन्स म्युचूअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।
उक्त कम्पनीका लगानीकर्ताले प्रतिकिक्ता ९.९० रुपैयाँ कमाएका छन्।
तर, कारोबार रकमले रेकर्ड ब्रेक गरेको दिन आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता २० रुपैयाँ गुमाएका छन्।
(*यसअघि ६ अर्ब ८७ कराेड रहेकाे काराेबार रकम नेप्सेकाे वेबसाइटमा पुन: अपडेट हुँदा ६ अर्ब ९० कराेड भएकाेले संशाेधन गरिएकाे छ। सं.)
" /> काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कीर्तिमानी कारोबार भएको छ।कारोबार सुरू भएदेखि नै उतारचडाव भइरहेको नेप्से बन्द हुने समयसम्ममा ६ अर्ब ९० करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

">