काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले अध्यक्ष भवानी राणा र संस्थाको छवि धुमिल पार्न खोजिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमले अध्यक्ष राणा र महासंघको नाम मुछेर आधारहीन समाचार प्रकाशन गर्दै आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको हो।
“सही जानकारी नै नलिई एकतर्फी रूपमा अध्यक्ष र महासंघको छवि धुमिल्याउने गरी समाचार प्रकाशित गरिएकोमा त्यस्ता समाचारमा कुनै सत्यता छैन,” विज्ञप्तिमा भनिएको छ।
कोभिड-१९ को महामारीले विश्वलाई नै आक्रान्त पारेको र नेपालमा पनि दैनिक कोभिड संक्रमण बढ्दै गएको महासंघले बताएको छ।
सोही कारण महासंघको आसन्न निर्वाचनलाई सतर्क र सुरक्षितरूपमा सम्पन्न गर्ने जिम्मेवारीसहित निर्वाचनका कार्यहरू सञ्चालन भइरहेको महासंघले जनाएको छ।
साथै, निर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्ने विषयमा कार्यकारिणी समितिले सम्पूर्ण अधिकार अध्यक्षलाई प्रदान गरेको बताइएको छ।
“हामीलाई नेपाल सरकारले निर्वाचन गर्न दिएको स्वीकृतिमा पनि तोकिएको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्नु भनिएको छ,” विज्ञप्तिमा छ, ‘‘सोही अनुसार उपत्यकाबाहिरका जिल्लाबाट आउने निर्वाचन प्रतिनिधिहरू, जिल्ला तथा नगर उद्योग संघका प्रतिनिधिहरूलाई संक्रमणबाट बचाउँदै मतदान गर्ने अधिकार सुनिश्चित गर्न महासंघले होटलमा सुरक्षित साथ राख्ने व्यवस्था मिलाउन लागेका छ।’’
यही विषयलाई अनर्गल प्रचार गरी सार्वजनिक रूपमा भ्रम फैलाइएको भन्दै महासंघले आपत्ति जनाएको छ।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले अध्यक्ष भवानी राणा र संस्थाको छवि धुमिल पार्न खोजिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएको छ।महासंघले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमले अध्यक्ष राणा र महासंघको नाम मुछेर आधारहीन समाचार प्रकाशन गर्दै आएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको हो।

">