सेयर बजारको वृद्धिमा ब्रेक, कारोबार रकम र परिसूचक दुवै घट्यो

काठमाडौं। पछिल्लो समय कारोबार रकममा लगातार कीर्तिमान कायम गर्दै गएको सेयर बजारको निरन्तर वृद्धिमा आज ब्रेक लागेको छ।

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएसँग वृद्धिमा ब्रेक लागेको हो।

हिजो आइतबार नेप्सेमा ४ अंकको वृद्धिसँगै ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो। जुन, अहिलेसम्मकै कीर्तिमानी कारोबार रकम हो।

तर, आज भने परिसूचक २.३८ अंकले घटेको छ। योसँगै कारोबार रकम पनि ४ अर्ब ७६ करोड रुपैयाँमा सिमित भएको छ। यो, हिजोको कारोबर रकमको तुलनामा २ अर्ब १४ करोडले कम हो।

परिसूचक घटेपनि आज कारोबार भएकामध्ये १२ मध्य ४ समूहमा सुधार आएको छ। बजार घटेको दिन आज उत्पादनमूलक समूहको सूचक १३३.९८ अंकले बढेको छ।

यस्तै, होटल ७६.६९, व्यापार २९.१७ र बैंक समूह ६.०५ अंकले उकालो लागेका छन्। यीबाहेक अन्य सबै समूह राताम्य भएका छन्।

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक १८२ अंक र निर्जीबन बीमा कम्पनीको सूचक १२५ अंकले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्