काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लिखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चुनौतीहरूको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्न निर्देशन दिएका हुन्।
मन्त्रालयका सचिवहरू, आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरूको सहभागिता रहेको कार्यक्रममा उनले नियतवश कमजोरी गर्ने कर्मचारीलगायत जो कोहीलाई पनि आफूले नछोड्ने बताए।
“कठिनाइ र समस्याहरूलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ,” उनले भनेका छन्, “लक्ष्य पूरा भए हामी सम्मान गर्छौँ।”
समस्या र समाधानका बारे कर्मचारीहरू जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न उनले आग्रह गरेका हुन्।
परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उनले प्रतिबद्धता गरेका छन्।
भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताएका छन्।
यस्तै, राजस्व सचिव रामशरण पुडासैनीले राजस्व चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गरेका छन्।
" /> काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लिखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चुनौतीहरूको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्न निर्देशन दिएका हुन्।

">