भद्रपुर। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पु¥याउने आश्वासन दिएका छन्।
निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि सोमबार झापा पुगेका मन्त्री श्रेष्ठले मङ्गलबार झापाको सुखानी शहीद स्मृति उद्यानका बारेमा जानकारी लिँदै यस्तो आश्वासन दिएका हुन्।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि झापा विद्रोह र सुखानीका शहीदको बलिदान सदैव स्मरणीय भएको उनले बताए। सो अवसरमा प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले उद्यानको गुरुयोजना मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
वि.सं २०२९ को झापा विद्रोहका क्रममा पक्राउ परेका कम्युनिष्ट युवा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती सरकारले झापाको चन्द्रगढी कारागारबाट सार्ने निहुँमा इलाम र झापाको सिमानास्थित सुखानी जङ्गलमा लगी गोली हानेर हत्या गरेको थियो।
सुखानीमा बलिदान दिएका शहीदका स्मृतिमा झापाको अर्जुनधारा नगरपालिक–९ सालबारीमा विशाल उद्यान, कछुवा संरक्षण केन्द्र र पाँच शहीदको पूर्ण कदको शालिकसहित प्रतिष्ठानको स्थापना गरिएको छ।
प्रतिष्ठानको अवलोकन गर्दै मन्त्री श्रेष्ठले कोरोना कहरका कारण अब कुनै पनि भौतिक विकासका कार्यहरू नरोकिने र उच्च सतर्कता अपनाएर कामलाई निरन्तरता दिइने बताए।
मन्त्री श्रेष्ठले सघन सहरी विकास आयोजना झापामार्फत् भएका कमल, गौरादह, गौरीगंज र दमका सडक, अस्पताल, भवन, विपन्न आवास र राष्ट्रिय गौरवको आयोजना भ्युटावर समेतको अवलोकन तथा अनुगमन गरेका छन्।
अनुगमनको क्रममा मन्त्री श्रेष्ठले दमकमा निर्माणाधीन भ्युटावर देशकै गौरव र आधुनिक शैलीमा निर्माण हुने पहिलो ठुलो योजना भएकोले यसलाई सबैले सहयोग गरेर समयैमा सक्नुपर्ने बताए। चालु आर्थिक वर्षमा संघीय सरकारले सोका लागि ४० करोड रूपैयाँ विनियोजन गरिसकेको छ। त्यहाँ डेढ अर्बभन्दा बढीको सरकारी लगानी रहनेछ।
भ्युटावर निर्माणको जिम्मा चिनियाँ कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ओम साई जेभीले लिएको छ। भ्युटावर निर्माणका लागि स्थानीयले ५ बिगाह जग्गा निःशुल्क रूपमा प्रदान गरेका छन्।
२५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचनासहित उक्त भ्युटावर बन्ने जनाइएको छ। यो भ्युटावर निर्माणपछि त्यहाँ विदेशी पर्यटकहरूसमेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यावसायिक विकासमा यसले महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
" /> भद्रपुर। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सुखानी शहीद स्मृति उद्यानको विकासमा सरकारले सहयोग पु¥याउने आश्वासन दिएका छन्।निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि सोमबार झापा पुगेका मन्त्री श्रेष्ठले मङ्गलबार झापाको सुखानी शहीद स्मृति उद्यानका बारेमा जानकारी लिँदै यस्तो आश्वासन दिएका हुन्।

">