चार महिनामै भित्रियो १० करोडको तास

काठमाडौं। दसैँ, तिहार र छठ पर्वका लागि १० करोड ११ लाख रूपैयाँको तास भित्रिएको तथ्यांक सार्वजनिक भएकाे छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा अन्य मुलुकबाट नेपालतर्फ उक्त परिमाणको तास भित्रिएको हो।

यस अवधिमा आठ करोड ९९ लाखको ४२ लाख ७० पिस र एक करोड १२ लाखको पाँच लाख १२ प्याकेट तास भित्रिएको हो।

सबैभन्दा बढी चीनबाट ९ करोडको, जर्जियाबाट २६ लाखको, अमेरिकाबाट २९ लाखको र ब्राजिलबाट चार लाखको तास भित्रिएको हो।

गत वर्ष २०७६/७७ मा पनि नेपालमा सोही परिमाणको तास भित्रिएको थियो।

साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालमा १० करोड ५ लाख रूपैयाँको ६६ लाख ९६ हजार प्याकेट तास आयात भएको थियो।

यस वर्षजस्तै अघिल्लो वर्षमा पनि सबैभन्दा धेरै तास चीनबाटै भित्रिएको थियो।

चीनबाट मात्रै ९ करोड ९० लाख रूपैयाँको तास भित्रिँदा भारतबाट ८१ लाख र अमेरिकाबाट १४ लाखको तास भित्रिएको थियो।

तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी चिनियाँ तास भित्रिँदै आएको छ।

आयात हुने कुल तासको ९० प्रतिशत तास चीनबाटै भित्रिएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्