काठमाडौँ। सरकारको महत्त्वाकांक्षी आयोजना काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को हालसम्म ११.११ प्रतिशत काम सम्पन्न भएको छ।
छैटौं चरणमा निर्माण कार्य चलिरहेको द्रुतमार्गमा हालसम्म १६ अर्ब ६६ करोड रूपैयाँ खर्च भइसकेको छ। द्रूतमार्गको कूल बजेट १ खर्ब ७५ अर्ब रूपैयाँ रहेको छ।
“हाल सम्म यस आयोजनाको वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तीयतर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिकतर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तीयतर्फ ९.५२ प्रतिशत रहेको छ,” निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले सार्वजनिक गरेको द्रुतमार्गको प्रगति विवरणमा उल्लेख छ।
द्रुतमार्ग सडक खण्ड आयोजनाको कूल लम्बाइ ७२.५ किलोमिटर मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाइ ६.४१ किलोमिटर रहेको छ। विभिन्न पुलहरूको लम्बाइ १०.५९ किलोमिटर र ढुङ्गा माटोको ‘कट/फिल’ (खार्ने/पुर्ने) गर्नुपर्ने सडक खण्डको लम्बाइ ५५.५ किलोमिटर रहेको छ।
“आयोजनाको ४४.१ किलोमिटर सडक खण्डको समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरू हालसम्म ८८ प्रतिशत सम्पन्न भएको छ,” सेनाले भनेको छ, “२०७७/७८ को आयोजनाको कूल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न गराई आयोजनाको कूल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएको छ।”
सुरुङ्ग निर्माणको लागि राष्ट्रिय परामर्शदाता छनौट गरी कार्य सुचारु भई प्रतिवेदन तयार भएको र त्यसको मूल्याङ्कन कार्य भइरहेको सेनाले जनाएको छ।
चालु आर्थिक वर्ष २०७७/७८ मा आयोजनाका लागि पुँजीगततर्फ ८ अर्ब ८४ करोड रूपैयाँ र चालुतर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्ब ९३ करोड ८८ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
७२.५ किलोमिटर लामो द्रुतमार्ग आयोजना बागमती र प्रदेश नं.२ का जिल्लाहरू ललितपुर, काठमाडौँ, मकवानपुर र बारामा निर्माण हुँदै छ। द्रुतमार्गको अन्तिम विन्दु बाराको निजगढलाई बनाइएको छ।
द्रुतमार्ग निर्माणको जिम्मेवारी २०७४ वैशाख २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सेनाले आर्थिक वर्ष २०७४/७५ बाट निर्माण कार्य सुरु गरेको हो।
२०७६ भदौ १ गते सरकारले द्रुतमार्गको डीपीआर स्वीकृत गरेको हो। आयोजना आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न गर्ने लक्षय राखिएको छ।
" /> काठमाडौँ। सरकारको महत्त्वाकांक्षी आयोजना काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को हालसम्म ११.११ प्रतिशत काम सम्पन्न भएको छ।छैटौं चरणमा निर्माण कार्य चलिरहेको द्रुतमार्गमा हालसम्म १६ अर्ब ६६ करोड रूपैयाँ खर्च भइसकेको छ। द्रूतमार्गको कूल बजेट १ खर्ब ७५ अर्ब रूपैयाँ रहेको छ।

">