काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा दुई खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरूले औपचारिक माध्यम (बैंकिङ च्यानल)बाट उक्त रकम पठाएका हुन्।
नेपाल राष्ट्र बैंकले आज तीन महिना (साउन, भदाै र असाेज) काे तथ्याङ्क सार्वजनिक गरेको हाे। उक्त अवधिमा भित्रिएकाे यो रकम गत वर्षको तुलनामा १२.६ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ५.१ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भई दुई खर्ब ८६ अर्ब ९१ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले घटेकोे थियो।