काठमाडौं। देशभरका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन संघारमा छ।
मंसिर ११ र १२ गते वार्षिक साधारणसभा सम्पन्न भएपछि १३ गते सरकारपछिको सबैभन्दा ठूलो संगठनको भावी नेतृत्वका लागि निर्वाचन हुनेछ।
निर्वाचनमा महासंघका हालका दुई उपाध्यक्षहरु आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा होमिएका छन्।
एसोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा अर्का प्रत्यासी किशोरकुमार प्रधानलाई चुनौती दिएका हुन्।
महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको साथ पाएका चन्द्र ढकालको एसोसिएटतर्फ र जिल्ला/नगरतर्फ राम्रै पकड छ।
महासंघकै व्यवसायीहरूका अनुसार एसोसिएट र जिल्ला/नगरका अधिकांश मतदाताले ढकाललाई भोट दिने देखिएको छ।
यस्तै, प्रदेश १ र २ बाहेक अन्य सबै प्रदेशका व्यवसायीले ढकाललाई चुन्ने व्यवसायीहरूको दाबी छ।
महासंघको नेतृत्वमा पुगेपछि निजी क्षेत्र र सरकारबीचको साझेदारी गराएर समृद्धिको बाटोमा देशलाई डोर्याउने ढकालले बताएका छन्।
उनले आफ्नो मुख्य अजेन्डा ‘समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार’ बनाएका छन्। उनले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाईसमेत साथमा लिएका छन्।
आईएमई समूहका अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक, चन्द्रागिरी हिल्स, डिस होमलगायत व्यवसायका साथै पर्यटन, जलविद्युत्, होटल, इन्स्योरेन्स, सूचना प्रविधि लगायतका दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेका छन्।
ढकाल नेपाल मलेसिया चेम्बर अफ कमर्शका संस्थापक र नेपाल इन्डोनेसिया चेम्बर अफ् कमर्शका अध्यक्ष हुन्। उनी नेपालका लागि इन्डोनेसियाका ‘अनरी कन्सुलर’ समेत रहेका छन्।
सामाजिक सेवामासमेत उत्तिकै समर्पित उनी ‘गोरखा दक्षिणबाहु चौथो’ र ‘प्रबल जनसेवाश्री चौथो’ बाट सम्मानित भएका छन्।
वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएबापत उनलाई सरकारले ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआइपी)’ अवार्डबाट दुईपटक सम्मानित गरेको छ।
सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमासमेत ढकाल राज्यबाट पटक-पटक सम्मानित भएका छन्। उनले ‘एसियन एशोसिएसन अफ् म्यानेजमेन्ट’बाट ‘एसियन लिडरसीप अवार्ड’ पाएका छन्।
बागलुङको अमलाचौरमा एक सामान्य परिवारमा जन्मिएका ढकालले यहाँसम्म आइपुग्न संघर्षपूर्ण यात्रा पार गरेका छन्। १६ वर्षे उमेरमा पिता गुमाएका उनले राष्ट्रिय वाणिज्य बैंकमा पाँच वर्ष जागिर खाएका थिए।
त्यसपछि, २०४८ सालमा भाइ हेमराज ढकाल (रामु) सँग मिलेर सानो कोल्ड स्टोरबाट व्यावसायिक यात्रा सुरू गरेका उनीसँग अहिले १४ हजार जनाभन्दा बढी प्रत्यक्ष जोडिएका छन्।
देशको ७७ वटै जिल्लामा ३५ हजारभन्दा धेरै शाखा तथा साझेदार जन्माएको आईएमईले ६० हजारभन्दा धेरै नेपालीलाई उद्यमी बनाएको छ।
यसअघि महासंघमा सर्वसम्मत चुनिँदै आएका ढकाल यसपटक भने चुनावी मैदानबाटै आफूलाई विजयी गराएरै छाड्ने दौडमा छन्।
" /> काठमाडौं। देशभरका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन संघारमा छ।मंसिर ११ र १२ गते वार्षिक साधारणसभा सम्पन्न भएपछि १३ गते सरकारपछिको सबैभन्दा ठूलो संगठनको भावी नेतृत्वका लागि निर्वाचन हुनेछ।

">